+
+

नबिल बैंक र दक्षिण कोरियाको स्टारेमिटबीच रेमिटेन्स सेवा सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ७ गते १७:३९

काठमाडौं । नबिल बैंक र दक्षिण कोरियाको स्टारेमिट कम्पनीबीच रेमिटेन्स सेवा सम्बन्धी सम्झौता भएको छ ।

काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र स्टारेमिटका अध्यक्ष  रुद्र शर्माले उक्त सम्झौतामा हस्ताक्षर गरेका छन् ।

सम्झौता पत्रमा हस्ताक्षर गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत शाह र स्टारेमिटका अध्यक्ष शर्माले दक्षिण कोरियाका प्रवासी कामदारहरुलाई उचित वित्तीय जागरुकता र बचतलाई सही ठाउँमा लगानी गर्ने निर्णय लिनुको महत्वका बारेमा जानकारी गराएका थिए ।

यस साझेदारी अन्तर्गत दक्षिण कोरियामा रहेका नेपाली प्रवासी कामदारहरुले नेपालमा रहेका आफ्नो परिवार, साथी–भाइ र प्रियजनलाई सुरक्षितरुपमा रकम पठाउन सक्ने बैंकले जनाएको छ । रेमिटेन्स गर्ने बित्तिकै नेपालभरका १५ हजारभन्दा बढी नबिल रेमिट एजेन्ट मार्फत रकम प्राप्त गर्न सकिने बैंकको भनाइ छ । ट्रान्सफर गरिएको रकम नेपालको प्रख्यात वालेट सेवा प्रदायकहरुको माध्यमबाट समेत तुरुन्तै कुनै पनि बैंक खातामा जम्मा गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?