+
+
Shares

सिप्रदीयन सहायता संस्थाको सहयोगमा निर्मित विद्यालय भवन हस्तान्तरण

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ७ गते १९:५१

काठमाडौं । टाटा कम्युनिटी इनिसीयटिभ ट्रष्टको आर्थिक सहयोग र टाटा ट्रष्ट तथा सिप्रदी ट्रेडिङ प्रालिको सामाजिक उत्तरदायित्व विङ–सिप्रदीयन सहायता संस्थाको सहकार्यमा निर्मित सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका– ११ मा निर्मित श्री जनज्योति आधारभूत विद्यालय भवन हस्तान्तरण गरिएको छ ।

टाटा सस्टेनेबिलिटी गु्रपका महाप्रबन्धक श्रीरङ्ग धवले, सिप्रदीयन सहायता संस्थाका वरिष्ठ उपाध्यक्ष शम्भुप्रसाद दाहाल र चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसिंह तामाङले नव निर्मित विद्यालयको संयुक्त रुपमा उद्घाटन गरेका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै सिप्रदीयन सहायता संस्थाका वरिष्ठ उपाध्यक्ष शम्भुप्रसाद दाहालले विनाशकारी भूकम्पले क्षति गरेका विद्यालय भवनहरु पुननिर्माण गर्न लागि परेको बताए ।

सिप्रदीयन सहायता संस्थाले विसं. २०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त भएका सातवटा विद्यालयहरूको पुनर्निर्माण गरिसकेको छ ।

विद्यालय हस्तातन्तरण कार्यक्रममा सिप्रदीयन सहायता संस्थाका सह–सचिव प्रभाकर मुनकर्मी, सिप्रदीयन सहायता संस्थाका रजत श्रेष्ठ, विनोद बहादुर सिंह, विमल गौतम, रबिन श्रेष्ठ ,नेपाल पत्रकार महासंघका केन्द्रीय प्रतिनिधि परिषदका सदस्य ज्ञानेन्द्र प्रसाद तिमिल्सिना, स्काई लाइन आर्किटेक र निर्माण कम्पनी टक्सार अवाले लगायतको उपस्थिति रहेको थियो ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?