+
+

प्रधानन्यायाधीशको विरोधमा भोलि उच्च अदालतमा प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ७ गते २०:०२
नेपाल बार एशोसिएसनको प्रदर्शनको फाइल तस्वीर ।

७ मंसिर, काठमाडौं । नेपाल बार एशोसिएसनले बुधबार देशभरका उच्च अदालतहरुमा विरोध प्रदर्शन गर्ने भएको छ । बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै बुधबार देशव्यापी प्रदर्शन गर्न लागेको हो ।

बारले काठमाडौं बाहिरका जिल्लामा विहान १० देखि १२ बजेसम्म प्रदर्शन र कोणसभाको आयोजना गर्ने जनाएको छ । काठमाडौंमा भने विहान सर्वोच्च अदालतमा धर्ना दिएपछि उच्च अदालतमा प्रदर्शन हुनेछ । बारले विरोध कार्यक्रमका लागि देशभर केन्द्रीय प्रतिनिधि खटाउने निर्णय पनि गरेको छ ।

बारले उच्च अदालत पाटनमा अध्यक्ष चण्डेश्वर श्रेष्ठ खटाउने निर्णय गरेको छ । पोखरामा वरिष्ठ अधिवक्ताहरु शम्भु थापा र तुलसी भट्ट खटाउने भएको छ । नेपालगञ्जमा वरिष्ठ अधिवक्ताहरु रमण श्रेष्ठ र प्रेमबहादुर खड्का खटिएका छन् । जनकपुरमा नेपाल बार महासचिव लिलामणि पौड्याल जानेछन् ।

विराटनगरमा पूर्वउपाध्यक्ष टीकाराम भट्टराई, वीरगञ्जमा वरिष्ठ अधिवक्ता हरिहर दाहाल, इलाममा बरिष्ठ अधिवक्ता कुमार शर्मा पौडेल, दिपायलमा रणबहादुर सिंह, धनगढीमा सुनिल श्रेष्ठ र ओखलढुंगामा गंगासागर खत्रीलाई खटाउने निर्णय भएको बारले जनाएको छ । हेटौंडामा विजय मिश्र र भुवन निरौला र राजविराजमा पूर्वमहासचिव सुनील पोखरेल विरोध प्रदर्शनका लागि खटिनेछन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?