+
+

अर्घाखाँची कांग्रेस सभापतिमा पौडेल पक्षका श्रेष्ठ विजयी

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ८ गते ८:०८

८ मंसिर, बुटवल । नेपाली कांग्रेस अर्घाखाँचीको सभापतिमा केशव श्रेष्ठ विजयी भएका छन् ।

पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका श्रेष्ठले ७३१ मत प्राप्त गरी विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी  पौडेल पक्षकै इन्द्रमणि पौडेलले ३५२ मत प्राप्त गरे । यस्तै पार्टी सभापति शेरबहादुर देउवा पक्षीय उम्मेदवार यादवप्रसाद घिमिरेले ३०९ मत प्राप्त गरेका छन् ।

निर्वाचनमा १४ सय २१ मत खसेकोमा २७ मत बदर भएको थियो । जिल्ला अधिवेशनमा निवर्तमान सभापति बिष्णुप्रसाद खनाल (मुस्कान)ले उम्मेदवारी फिर्ता गरेपछि महासमिति सदस्य केशव श्रेष्ठ, महाधिवेशन प्रतिनिधि इन्द्रमणि पौडेल र नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष यादव घिमिरेबीच सभापति पदमा निर्वाचन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?