
८ मंसिर, काठमाडौं । अमेरिकाले लोकतन्त्रसम्बन्धी एक महत्वपूर्ण सम्मेलनमा ताइवानलाई समेत निमन्त्रणा गरेको छ ।
आगामी महिना अमेरिकामा हुने लोकतन्त्रका लागि सम्मेलनु (समिट फर डेमोक्रेसी) मा ताइवानलाई समेत निमन्त्रणा गरिएको हो ।
मंगलबार सार्वजनिक सहभागी मुलुकको सूचीमा ताइवानको नाम उल्लेख गरिएको सीएनबीसी सञ्चार माध्यमले जनाएको छ ।
डिसेमम्बर ९ देखि १० गतेसम्म आयोजना हुने भर्चुअल शिखर सम्मेलनमा ११० मुलुक सहभागी हुनेछन् । अमेरिकी विदेशमन्त्रालयले सार्वजनिक गरेको सहभागीको सूचीमा चीन र रुसको नाम भने समावेश छैन ।
सम्मेलनमा अधिनायकवादविरुद्ध लड्ने, भ्रष्टाचार अन्त्य गर्ने र मानव अधिकारप्रति सम्मान प्रवर्द्धन गर्ने जस्ता विषयमा छलफल हुनेछ । तर अमेरिकाले ताइवानलाई सम्मेलनमा बोलाएपछि चीनले असन्तुष्टि व्यक्त गरेको छ ।
बुधबार चीनको ताइवान मामिला कार्यालयकी प्रवक्ता झु फेनलियाङले ताइवानलाई निमन्त्रणा गरेर बाइडेनले गल्ती गरेको बताएकी छन् । अमेरिका र ताइवानबीच हुने कुनै पनि औपचारिक सम्पर्कको विरोध गर्ने पनि उनको भनाइ छ ।
त्यस्तै, फेनलियाङले एक चीन नीतिलाई पालना गर्न समेत अमेरिकासँग आग्रह गरेकी छन् । ‘यो अडान प्रस्ट र सुसंगत छु’, उनले भनिन्, ‘हामी अमेरिकालाई एक नीति र ३ वटा संयुक्त वक्तव्यप्रति अडिन रहन आग्रह गर्छौं ।’
भर्चुअल सम्मेलनमा भाग लिने मुलुकको सूचीमा दक्षिण एसियाका ४ मुलुकको नाम छ । सम्मेलनमा नेपाल, भारत, पाकिस्तान र माल्दिभ्स सहभागी हुँदैछन् ।
फ्रिडम हाउसको प्रतिवेदन ९२०२१० अनुसार सम्मेलनमा सहभागी हुने अधिकांश मुलुक अर्थात् ७७ मुलुकलाई पूर्ण स्वतन्त्रुको सूचीमा राखिएको छ । ३१ मुलुकलाई ‘आशिंक स्वतन्त्र’ र बाँकी मुलुकलाई ‘स्वतन्त्रता’ नभएका मुलुकको सूचीमा राखिएको छ ।
प्रतिक्रिया 4