+
+

पाँच देशका राजदूतले राष्ट्रपति भण्डारी समक्ष बुझाए ओहदाको प्रमाणपत्र

राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पाँच देशका गैरआवासीय राजदूतहरुले आ-आफ्नो ओहदाको प्रमाणपत्र बुझाएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ८ गते १७:३०
राष्ट्रपति भवन शीतल निवासमा ओहदाको प्रमाणपत्र बुझाउँदै सिंगापुरका राजदूत सिमोम वोङ वाइ कुइन

८ मंसिर, काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पाँच देशका गैरआवासीय राजदूतहरुले आ-आफ्नो ओहदाको प्रमाणपत्र बुझाएका छन् ।

बुधबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा उनीहरुले आ-आफ्नो ओहदाको प्रमाणपत्रहरुको बुझाएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तका अनुसार ओहदाको प्रमाणपत्र बुझाउनेहरुमा नेपालका लागि सिंगापुरका राजदूत सिमोम वोङ वाइ कुइन, नेपालका लागि न्‍युजिल्याण्डका राजदूत डेभिड ग्रेगोरी पाइन, नेपालका लागि होली सीका राजदूत लियोपोल्दो गिरेल्ली, नेपालका लागि टर्कीका राजदूत फिरात सुनेल र नेपालका लागि रोमानियाका राजदूत ड्यानिएला मारिएना सिजोनोभ ताने रहेका छन् । उनीहरु पाँचैजना नेपालका लागि गैरआवासीय राजदूतहरु हुन् ।

ओहदाको प्रमाणपत्र बुझाउने समारोहमा सरकारका परराष्ट्रमन्त्री डा.नारायण खड्का लगायत उच्च पदस्थ सरकारी कर्मचारीहरुको उपस्थित भएका थिए ।

राष्ट्रपति भवन शीतल निवासमा आफ्नो ओहदाको प्रमाणपत्र बुझाउँदै नेपालका लागि न्‍युजिल्याण्डका गैरआवासीय राजदूत डेभिड ग्रेगोरी पाइन
राष्ट्रपति भवन शीतल निवासमा आफ्नो ओहदाको प्रमाणपत्र बुझाउँदै नेपालका लागि होली सीका गैरआवासीय राजदूत लियोपोल्दो गिरेल्ली

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?