+
+

कांग्रेसको डोटी सभापतिमा नरेन्द्रबहादुर सिंह विजयी

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ८ गते १८:४१

८ मंसिर, डोटी । नेपाली कांग्रेस डोटी जिल्ला सभापतिमा नरेन्द्रबहादुर सिंह विजयी भएका छन् ।

दोश्रो चरण अन्तर्गत बुधवार भएको निर्वाचनमा प्रतिस्पर्धी भूमिराज बडुलाई एक सय ७१ मत अन्तरले पछि पार्दै  सिंह विजयी भएका हुन् ।

सिंहले पाँच सय ६८ मत पाउँदा बडुले तीन सय ९७ मत ल्याए । एक हजार एक सय सात मतदातामध्ये नौ सय ८७ ले मतदान गरेका थिए । २२ मत बदर भएको निर्वाचन समितिले जनाएको छ ।

पहिलो चरणमा सभापति पदका लागि पाँचजना उम्मेदवार रहेकामा कसैले पनि बहुमत पुर्‍याउन नसकेपछि बढी मत ल्याउने दुई उम्मेदवारहरु सिंह र बडुबीच बुधबार दोश्रो चरणको मतदान भएको थियो ।

कांग्रेस विधान अनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको ५० प्रतिशतभन्दा बढी मत ल्याउनु पर्ने व्यवस्था छ । पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत नल्याए बढी मत प्राप्त गर्ने दुई जनाबीच पुनः प्रतिस्पर्धा हुने व्यवस्था छ ।

पहिलो चरणमा सिंहले तीन सय ५८ मत र डुले तीन सय ४२ मत प्राप्त गरेका थिए । नवनिर्वाचित सभापति सिंह कांग्रेस संस्थापन पक्षका हुन्।

जिल्ला समितिका लागि अन्य पदहरु र महाधिवेशन प्रतिनिधिका लागि मंगलबार भएको निर्वाचनको मत गणना हुन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?