काठमाडौं । इंग्लिस क्लब लिभरपुलले युरोपियन च्याम्पियन्स लिगमा शतप्रतिशत जितलाई कायम राख्दै पोर्टोलाई २-० ले पराजित गरेको छ ।
समूह बी अन्तर्गत बुधबार राति घरेलु मैदानमा भएको खेलमा लिभरपुलका लागि थियागो अलकान्टरा र मोहम्मद सालाहले गोल गरे ।
लगातार पाँच खेल जितेको लिभरपुल १५अंक सहित शीर्ष स्थानमा छ । पोर्टो पाँच खेलबाट पाँच अंकसहित दोस्रो स्थानमा छ ।
लिभरपुल यसअघि नै समूह विजेता बन्दै नकआउट चरणमा पुगिसकेको छ । अर्को खेलमा एसी मिलानले एट्लेटिको मड्रिडलाई १-० ले पराजित गरेपछि यस समूहबाट दोस्रो भएर नकआउट पुग्ने होड रोमाञ्चक बनेको छ । एट्लेटिको मड्रिड र मिलानको समान चार अंक छ ।
अब अन्तिम खेलमा एसी मिलानले घरेलु मैदान लिभरपुलसँग खेल्नेछ भने पोर्टोले घरेलु मैदानमा एट्लेटिको मड्रिडसँग खेल्नेछ ।
प्रतिक्रिया 4