+
+

अमेरिकाको खतरनाक मिसन, चन्द्रमा र मंगल ग्रहमा परमाणु भट्टी निर्माण गर्दै

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ९ गते १३:४१

अन्तरीक्षमा अगाडि बढ्नका लागि संसारका शक्तिशाली मुलुकहरुबीच होडबाजी चलिरहेको छ । यसैक्रममा अमेरिकी अन्तरीक्ष संस्था नासाले एउटा महत्वपूर्ण तथा निकै गम्भीर निर्णय गरेको छ ।

अमेरिकाले चन्द्रमा र मंगल ग्रहमा परमाणु ऊर्जा संयन्त्र स्थापना गर्नका लागि नासासँग सुझाव मागेको थियो । जस अनुसार नासाले आउँदो १० वर्षभित्रमा चन्द्रमामा परमाणु ऊर्जा संयन्त्र स्थापित गर्ने तयारी गरिरहेको छ ।

अमेरिकी ऊर्जा विभागको इडाहो राष्ट्रिय प्रयोगशालासँगको सहकार्यमा नासाले चन्द्रमामा स्थापना गरिने परमाणु ऊर्जा संयन्त्रका विषयमा तयारी गरिरहेको छ । उक्त परियोजनाको नाम फिसन सर्फेस पावर प्रोजेक्ट हो ।

परियोजनाका प्रमुख सेबेस्टियन कोर्बिसिएरोका अनुसार चन्द्रमामा विश्वसनीय तथा उच्च ऊर्जा संयन्त्र स्थापना गर्नु एक अहम् कदम हो जसले अन्तरीक्षमा सम्भावनाहरुको खोजी गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।

उनका अनुसार यो लक्ष्य छिटै पूरा हुनेछ । परमाणु ऊर्जा संयन्त्रलाई पृथ्वीमै बनाएर चन्द्रमामा पठाउने लक्ष्य नासाको छ।

अमेरिकाले सूर्य तथा सौर्यऊर्जामा निर्भर ऊर्जाका श्रोतमाथि व्यापक अनुसन्धान गरिरहेको छ । नासाले यदि चन्द्रमामा परमाणु ऊर्जा संयन्त्र स्थापना गर्ने कार्यमा सफलता प्राप्त गर्‍यो भने त्यसपछि मंगल ग्रहमा पनि परमाणु संयन्त्र स्थापना गर्नेछ ।

यसअघि नासाले आफ्नो अपोलो अभियानका माध्यमबाट पहिलोपटक चन्द्रमामा मानिसलाई उतारेको थियो । तथापि चन्द्रमामा अन्तरीक्षयात्रीहरू लामो समय रहेनन् ।

अबचाहिं अन्तरीक्षयात्रीहरू चन्द्रमामा लामो समय रहेर विभिन्न काम तथा परीक्षणहरु गर्नेगरी पठाउने नासाको योजना छ । यसका लागि ऊर्जाको ठूलो श्रोतको आवश्यकता पर्दछ । परमाणु ऊर्जा संयन्त्रको माध्यमबाट ऊर्जाको आवश्यकता पूरा गरिने नासाको विश्वास छ ।

नासाका अनुसार यस्तो व्यवस्थाबाट चन्द्रमामा मानिसहरुको वस्तीलाई धेरै समयसम्म ऊर्जा प्राप्त हुनेछ । नासाको अन्तरीक्ष प्रविधि मिसन निर्देशनालयमा कार्यरत जिम रियूटरका अनुसार परमाणु ऊर्जा संयन्त्रबाट चन्द्रमा तथा मंगल ग्रहका लागि बिजुली आर्किटेक्चरको योजनार्ला फाइदा पुग्नेछ ।

पछिल्लो केही वर्षयता नासाले चन्द्रमामा आणविक विखंडन (न्यूक्लिएर फिसन) को सम्भावनाको खोजी गरिरहेको छ । यस परियोजनाको नाम किलोपावर हो, जसमा नासा र अमेरिकी एर्जा विभागले मिलेर अनुसन्धान गरिरहेका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?