
९ मंसिर, काठमाडौं । नेपाल बार एशोसिएसनसहित ७ वटा संस्थाको अगुवाइमा बालुवाटार न्याय मार्च सुरु भएको छ ।
नेपाल बार एशोसिएसन, नेपाल पत्रकार महासंघ, नेपाल जनस्वास्थ्य संघ, नेपाल शिक्षक संघ, नेपाल इन्जिनियर्स एशोसिएसन र बृहत नागरिक आन्दोलनले सर्वोच्च अदालतको गेटदेखि बालुवाटारसम्म न्याय मार्च गर्न लागेका हुन् ।
सर्वोच्च अदालतको गेटबाट सुरु भएको मार्च माइतीघर, भद्रकाली हुँदै बालुवाटारतर्फ अघि बढेको छ । मार्चमा सहभागीहरूले जबराको सम्पत्ति छानविन गर्न र महाअभियोग लगाउन माग गरेका छन् ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा र न्यायालय पुनःसंरचनाको आन्दोलनमा अन्य संघसंस्थाले साथ दिएर न्याय माच गरिएको हो । यी सात संस्थाले प्रधानन्यायाधीशले राजीनामा नदिए महाभियोग लगाउन राजनीतिक दल र संसदलाई दबाब दिँदै र्याली निकालेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4