+
+

राजेश हमालले किने ‘जीप कम्पास’

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ९ गते २२:३२

९ मंसिर, काठमाडौं । अभिनेता राजेश हमालले नयाँ जीप कम्पास किनेका छन् । हमाल र उनकी श्रीमती मधु भट्टराईले बिहीबार नक्सालस्थित जीप शोरुमबाट लेजेन्डरी जीप कम्पासको डेलिभरी लिएका हुन् ।

‘युगदेखि युगसम्म’, ‘देउता’, ‘वसन्ती’ र ‘सीमाना’ जस्ता सफल चलचित्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेका नायक हमालले तीन दशकको अवधिमा दुई सयभन्दा बढी चलचित्रमा अभिनय गरिसकेका छन् ।

‘मैले युवा अवस्थादेखि नै जीपको बारेमा सुन्दै आएको थिए । शुरुका केही चलचित्रको सुटिङमा मैले विलिस जीप पनि चलाएको थिए । म जीपको आइकनिक डिजाइन र अफरोड क्षमताबाट प्रभावित थिएँ,’ उनले भने ।

केही महिनाअघि नयाँ जीप कम्पास सार्वजनिक भएपछि पि्रमियम एसयुभी सेग्मेन्टमा जीपको विक्री उल्लेखनीय रुपमा बढिरहेको कम्पनीको दाबी छ ।

नेपालमा नयाँ जीप कम्पास स्पोर्ट, लंगिच्युड, लिमिटेड र एस मोडेल गरी चार टि्रममा उपलब्ध छ । जसको मूल्य ८४ लाख ९० हजार देखि एक करोड ३६ लाख ९० हजार रुपैयाँसम्म रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?