
रेश्मा र प्रभात इन्गेजमेन्ट गर्दै
१० मंसिर, काठमाडौं । नायिका तथा मोडल रेश्मा घिमिरे वैवाहिक जीवनमा बाँधिने भएकी छन् । रेश्माले मंसिर १४ गते विवाह गर्न लागेकी हुन् ।
रेश्माले गत वर्षको मंसिर १८ गते अमेरिकामा अध्ययनरत् प्रभात बाबुसँग इन्गेजमेन्ट गरेकी थिइन् । प्रभात अमेरिकामा रहेर चिकित्सा विज्ञानको अध्ययन गरिरहेका छन् ।
रेश्मा र प्रभातबीच तीन वर्षअघि चिनजान भएको हो । यसपछि कुराकानी गर्दै जाँदा उनीहरु नजिक भएका थिए । परिवारको सल्लाहमा रेश्मा र प्रभातले बिहे गर्न लागेका हुन् ।
उनीहरुको विवाह विराटनगरबाट हुनेछ । रेश्माले आफ्ना साथी, चलचित्रकर्मी तथा संगीतकर्मीका लागि भने काठमाडौंमा पार्टीको आयोजना गर्ने बुझिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4