
१० मंसिर, काठमाडौं । जनगणनाका दौरान तीन जना गणकको ज्यान गएको छ । तथ्यांक विभागका अनुसार रसुवामा एक गणकले आत्महत्या गरेका छन् ।
धादिङमा भने भीरबाट लडेर एक जना गणकको मृत्यु भएको छ । कैलालीमा भने हर्ट अट्याक आएर एक जना सुपरीवेक्षकको मृत्यु भएको विभागले जनाएको छ ।
जनगणनामा ४० हजार गणक र ८ हजार सुपरीवेक्षक खटिएका थिए । मृतकलाई बिमाबापत क्षतिपूर्ति दिइने भएको छ । देशभर छिटपुट घटना भने धेरै भएको महानिर्देशक नेबिनलाल श्रेष्ठले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4