+
+

स्याङ्जा कांग्रेस सभापतिमा संस्थापनइतरका राजु थापा विजयी

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ११ गते ८:०७

११ मंसिर, काठमाडौं । स्याङ्जा जिल्लाको नेपाली कांग्रेस सभापतिमा राजु थापा विजयी भएका छन् । शनिबार सार्वजनिक मत परिणाम अनुसार उनले अर्का उम्मेदवार भागवत प्रकाश मल्ललाई पराजित गरेका हुन् ।

विजयी थापाले ११ सय १७ मत पाएका छन् भने मल्लले एक हजार ८५ मत पाएको कांग्रेस जिल्ला निर्वाचन समितिले जनाएको छ ।

थापा कांग्रेस नेता डा. शेखर कोइरालानिकट हुन् भने मल्ल स्याङ्जाकै नेता गोपालमान श्रेष्ठ निकट हुन् । थापा दोस्रो संविधान सभा निर्वाचनमा विजयी भएका थिए भने मल्ल गण्डकी प्रदेश सभा सदस्य हुन्।

दुई उपसभापति पदका लागि भएको निर्वाचनमा केदार काफ्ले र शेरबहादुर थापा विजयी भएका छन् । काफ्लेले १३७० मत पाए भने थापाले ८९३ मत पाएका छन् ।

त्यस्तै सचिवमा गुरुप्रसाद भट्टराई र दामोदर लम्साल विजयी भएका छन् । निर्वाचन समितिका अनुसार भट्टराईले १२ सय ९२ मत पाए भने लम्सालले ९३४ मत पाए ।

सहसचिवमा विजयी ध्रुवबन्धु पौडेल र पृथ्वीप्रसाद पोखरेल विजयी भएका छन् । पौडेलले ११ सय ५८ र पोखरेलले ९३९ मत पाएको निर्वाचन समितिले जनाएको छ ।

कांग्रेस विधानमा जिल्ला कार्यसमितिमा दुई उपसभापति, दुई सचिव र दुई सहसचिवको व्यवस्था गरेको छ । कोषाध्यक्ष भने मनोनित गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?