+
+

कांग्रेस ललितपुर सभापतिका लागि आज मतदान हुँदै

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ११ गते ८:४६

११ मंसिर, काठमाडौं । नेपाली कांग्रेस ललितपुर जिल्ला सभापति पदका लागि शनिबार मतदान हुने भएको छ । १४औं महाधिवेशन अन्तर्गत शुक्रबार उम्मेदवारी मनोनयन दर्ता भएकोमा आज मतदान हुने कांग्रेस जिल्ला निर्वाचन समितिले जनाएको छ । जिल्ला सभापति पदमा तीन जनाको उम्मेदवारी दर्ता भएको छ ।

सभापति पदमा जितेन्द्र कुमार श्रेष्ठ, मीनकृष्ण महर्जन र रामकृष्ण चित्रकारको उम्मेदवारी परेको हो । श्रेष्ठ र महर्जनले कांग्रेस नेता उदय शम्शेर राणाको समूहबाट उम्मेदवारी दिएका हुन् भने चित्रकारलाई जिल्ला सभापति मदन अमात्यको समर्थन रहेको छ ।

सभापतिमा प्रतिस्पर्धा गरेका श्रेष्ठ र महर्जनले बाँकी कार्यसमितिमा भने संयुक्त प्यानल बनाएका छन् । सभापतिमा दुई जनाबीच सहमति नजुटेपछि निर्वाचनमा दोस्रो चरणमा बढी मत ल्याउनेलाई सहयोग गर्ने समझदारी उनीहरुबीच भएको छ ।

श्रेष्ठ र महर्जन अघिल्लो जिल्ला अधिवेशनमा पनि सभापतिका उम्मेदवार थिए । पहिलो चरणमा कुनै पनि उम्मेदवारले बहुमत ल्याउन नसकेपछि दोस्रो चरणमा महर्जनले सभापतिका अर्का उम्मेदवार अमात्यलाई सहयोग गरेका थिए । यसपटक भने अमात्यले चित्रकारलाई सभापतिमा अगाडि सारेका हुन् ।

पार्टीभित्र सभापति शेरबहादुर देउवा समूहमै रहेपनि जिल्लामा भने अमात्य र राणाले छुट्टाछु्ट्टै प्यानल बनाएका हुन् । प्रदेशसभा क्षेत्रीय अधिवेशनदेखि उनीहरु प्यानल बनाएर प्रतिस्पर्धामा उत्रिएका हुन् ।

संस्थापन समूहका अधिकांश नेताहरु राणा समूहमा नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेत, संस्थापनइतर समूहका नेता पूर्वमन्त्री ओमकार श्रेष्ठलगायतको समर्थन छ भने अमात्यसँग ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन, गोदावरी नगरपालिका प्रमुख गजेन्द्र महर्जन, संस्थापनइतर समूहका नेता पूर्व सांसद चन्द्र महर्जनलगायत छन् ।

जिल्ला अधिवेशनका लागि ललितपुरमा १४ सय मतदाता रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?