+
+

तनहुँ कांग्रेस सभापतिमा न्यौपाने र आले भिड्दै, आज मतदान

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ११ गते ११:१८

११ मंसिर, काठमाडौं  नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको गृहजिल्ला तनहुँमा शनिबार पार्टीको जिल्ला कार्यसमिति चयनका लागि शनिबार मतदान हुँदैछ । १४ औं महाधिवेशनअन्तर्गत शुक्रबार उम्मेदवार मनोनयन दर्ता भएको हो ।

सभापतिमा दुई जनाको उम्मेदवारी परेको छ । वरिष्ठ नेता पौडेल समूहबाट जिल्ला सभापति रहेका बैकुण्ठनाथ न्यौपानेले फेरि सभापति पदमै दोहोरिन उम्मेदवारी दिएका छन् भने संस्थापन समूहको समर्थनमा कार्यवाहक जिल्ला सभापति जीतप्रकाश आले चुनावी मैदानमा उत्रिएका छन् ।

दुवैले जिल्ला कार्यसमितिको निर्वाचनका लागि प्यानल बनाएका छन् । सभापतिका दुई उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने कांग्रेसका जिल्ला नेताहरुले बताएका छन् ।

न्यौपाने तनहुँको व्यास नगरपालिका प्रमुख पनि हुन् । नगरप्रमुखमा निर्वाचित भएपछि उनले आलेलाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका दिए । न्यौपानेलाई वरिष्ठ नेता पौडेल र अर्का केन्द्रीय सदस्य प्रदीप पौडेलको साथ छ भने आले लामो राजनैतिक विरासत बोकेको परिवारका सदस्य हुनुका साथै केन्द्रीय सदस्यहरू शंकर भण्डारी, गोविन्द भट्टराई तथा आमन्त्रित केन्द्रीय सदस्य ध्रुव वाग्लेको समर्थन छ ।

न्यौपाने समूहबाट उपसभापति पदमा उदयराज गौली र किशान गुरुङ चुनावी मैदानमा छन् । त्यस्तै दुई सचिव पदमा मोहन गिरी र केशबहादुर सुनार उम्मेदवार छन् भने सहसचिवमा मिलन आले र धिरश खनाल उम्मेदवार छन् ।

आलेको समूहबाट उपसभापतिमा राजेन्द्र किरण श्रेष्ठ र देवकुमार श्रेष्ठ, सचिवमा सहदेव अधिकारी र लक्ष्मीभक्त खनाल, सहसचिवमा हुतमणी अधिकारी र प्रमेश्वर भट्टराई उम्मेदवार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?