+
+

ओलावालेको गोलमा मनाङको लगातार दोस्रो जित

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ११ गते १९:३३

११ मंसिर, काठमाडौं । मनाङ मर्स्याङ्दी क्लबले शहीद स्मारक ए डिभिजन लिगमा शनिबार हिमालयन शेर्पा क्लबलाई १(० ले पराजित गरेको छ ।

दशरथ रंगशालामा विदेशी खेलाडी ओलावाले आफिजले ८४ औं मिनेटमा गोल गरेपछि मनाङले जित हात पार्‍यो । पुजन उपरकोटीको कर्नर पासमा निशान लिम्बु हेड गर्दा निस्केको पासलाई पेनाल्टी बक्सभित्र अनमार्क रहेका ओलावाले हेडमार्फत गोल गरे ।

८३ औं मिनेटमा मनाङका दिपक राईले निशान लिम्बुको क्रसमा हेड गरेको बल हिमालयन शेर्पाका गोलकिपर दीप कार्कीले पन्च गर्दै मुश्किलले संकट टारेका थिए । तर त्यसैमा प्राप्त कर्नरमा मनाङले अवसर बनाउँदै गोल गर्‍यो । जारी लिगमा मनाङको यो लगातार दोस्रो जित हो ।

खेलको सुरुवात देखि नै गोलका अवसर बनाएपनि मनाङले गोल गर्न अन्तिम समयसम्म कुर्नुपरेको थियो । तेस्रो मिनेटमा पुजन उपरकोटीको फ्रिकिकमा ओलावालेको हेड बल पोष्ट नजिकबाट बाहिरिँदा अग्रता लिने अवसर गुमाएको थियो ।

खेलको ५६ औं मिनेटमा मनाङका विमल रानाले गोल गरेका थिए । तर अफसाइड हुँदा गोलले मान्यता पाएन ।

हिमालयन शेर्पाले पहिलो हाफमा गोल गर्ने सुनौलो अवसर गुमाएको थियो । कप्तान विश्वास श्रेष्ठले ४१ औं मिनेटमा प्रहार गरेको फ्रिकिक बारमा लागेर फर्केको थियो । त्यसमै रिवाउन्ड बलमा हिमालयन शेर्पाका उलरिच सिवेको हेड बललाई मनाङका दिनेश राजवंशीले गोललाइनबाट बचाएका थिए ।

लगातार दोस्रो जितपछि सर्वाधिक ८ पटकको च्याम्पियन मनाङ ६ अंक जोड्दै अंकतालिकामा पहिलो स्थानमा उक्लेको छ । मनाङले पहिलो खेलमा जावलाखेल युथ क्लबलाई १(० ले नै पराजित गरेको थियो ।

उता पहिलो खेलमा संकटा क्लबसंग १(१ को बराबरी खेलेको हिमालयन शेर्पाको भने यो पहिलो हार हो । शनिबारको खेलमा मनाङका पुजन उपरकोटी म्यान अफ दि म्याच घोषित भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?