+
+

भीम रावललाई ओलीको जवाफ : सहमतिको नाम प्रस्ताव गर्छु, चित्त नबुझे चुनावमा जानुस्

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ११ गते २०:५३

११ मंसिर, चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सकेसम्म सहमतिबाटै नेतृत्व चयन गर्नुपर्ने बताएका छन् । त्यसका लागि आफूले कमिटीको प्रस्ताव गर्ने र चित्त नबुझे निर्वाचनमा जान नेताहरुलाई सुझाव दिएका छन् ।

शनिबार चितवनको सौराहामा भएको बन्दसत्रमा नेता विष्णु पौडेलले कमिटीहरुको नाम प्रस्ताव गर्न अध्यक्ष केपी शर्मा ओलीलाई अधिकार दिने प्रस्ताव राखेका थिए । त्यसपछि हलमा सहभागी अधिकांश प्रतिनिधिले समर्थन गरेपनि नेता भीम रावलले विरोध गरेका छन् ।

रावलले आफूले अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको भन्दै पछि नहट्ने बताए । लगत्तै  रावललाई जवाफ दिएका ओलीले सकेसम्म सहमति गर्नु राम्रो भएको बताए ।

‘सहमति हुन नसकेको ठाउँमा निर्वाचन हुन्छ । कोही साथीहरु सहमतिमा तयार हुनुहुन्न र म यो पदमा पुग्छु भन्नुहुन्छ भने पाइन्छ,’ उनले भने, ‘भीम रावलजीले म अध्यक्षमा उठ्छु, म फिर्ता लिन्न भन्नुभयो । मनोनयन नै गर्नुभएको छैन के को फिर्ता लिने ? मनोनयन गर्नुभयो भने फिर्ता लिने नलिने गर्नुहोला ।’

सहमति वा प्रतिस्पर्धाको विधि दुबै निर्वाचन भएको भन्दै ओलीले भने, ‘कसैको अधिकार खोसिँदैन, कुनै विधान मिचिँदैन । अधिकारको उपभोग गर्न पाइन्छ ।’

उनले आइतबार १० बजे सुरु हुने बन्दसत्रमा आफूले पदाधिकारी र कमिटीमा रहनेहरुको नाम प्रस्ताव गर्ने र चित्त नबुझे निर्वाचनमा जान समेत आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?