+
+

चितवनका ५ पालिकामा माओवादीको नयाँ नेतृत्व चयन, २ पालिकामा विवाद

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १२ गते ८:४५

१२, मंसिर, चितवन । नेकपा (माओवादी केन्द्र)ले चितवनका सात मध्ये पाँच स्थानीय तहमा नयाँ नेतृत्व चयन गरेको छ ।

शनिबार भएको पालिका सम्मेलनले भरतपुर महानगरपालिकामा ईश्वर सापकोटा, खैरहनी नगरपालिकामा रामेश्वर पोखरेल, राप्ती नगरपालिकामा रामचन्द्र पाठक, इच्छाकामना गाउँपालिकामा प्रताप गुरुङ्ग र माडी नगरपालिकामा प्रभुप्रसाद महतोलाई अध्यक्ष चयन गरेको हो ।

कालिका र रत्ननगर नगरपालिकामा नेतृत्व चयनमा विवाद देखिएको छ । रत्ननगरको सम्मेलन भने केही दिनका लागि भनेर स्थगित गरिएको छ ।

माओवादी केन्द्रले भरतपुर महानगरमा ९९ सय, अन्यनगरपालिकामा ६५ र गाउँपालिकामा ५५ सदस्यीय कमिटी बनाएको छ ।

भरतपुर महानगरको उपाध्यक्षमा सुरेन्द्र गुरुङ, टंक न्यौपाने, पवित्रा रिजाल, सचिवमा निशा न्यौपाने, सहसचिवमा प्रकाश कंडेल र कोषाध्यक्षमा हरिश्चन्द्र सुवेदी चयन भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?