+
+

बन्दसत्र शुरु गर्ने तयारीपछि सुरक्षा सतर्कता बढाइयो

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १२ गते २०:४१
महाधिवेशन बन्दसत्र सुरु हुने होटलअगाडि सुरक्षाकर्मीहरु । तस्वीरहरु : शंकर गिरी/अनलाइनखबर

१२ मंसिर, चितवन । नेकपा एमालेको १० औं महाधिवेशनको बन्दसत्र सुरु गर्ने तयारी भएको छ । आइतबार विहान १० बजे सुरु हुने भनिएको बन्दसत्र केन्द्रीय नेतृत्वमा सहमति खोज्न दिनभर सुरु गरिएन ।

अध्यक्ष केपी शर्मा ओलीले आफूनिकट नेताहरु विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र पृथ्वी सुब्बा गुरुङलाई केन्द्रीय सदस्यको सूची बनाउन लगएका थिए भने पदाधिकारीमा भने सहमति हुन सकेको छैन । यद्यपि आइतबार राति ८ बजेपछि भने बन्दसत्र सुरु हुने होटल सेभेन स्टारमा प्रतिनिधिहरु आउन थालेका छन् ।

प्रतिनिधिहरु बन्दसत्र सञ्चालन हुने हलमा भेला हुन थालेपछि बाहिर सुरक्षा सतर्कता बढाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?