+
+

ओली बन्दसत्र स्थलमा पुग्दा भीम रावलविरुद्ध कार्यकर्ताको नाराबाजी

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १२ गते २१:५४

१२ मंसिर, काठमाडौं । सौराहामा जारी नेकपा एमालेको दशौं महाधिवेशनको बन्दसत्र स्थलमा अध्यक्ष केपी शर्मा ओलीको समर्थन र भीम रावलकाे विरोधमा नाराबाजी भएको छ ।

बिहान १० बजेका लागि बोलाइएको बन्दसत्र अझैसम्म शुरु हुनसकेको छैन । सहमतिको प्रयासमा नेताहरुसँग दिनभर छलफल गरेका ओली भर्खर बन्दसत्र स्थलमा पुगेका छन् ।

त्यसक्रममा कार्यकर्ताले ‘केपी बा, आई लभ यू’, ‘आज होइन भोलिलाई, दश वर्ष ओलीलाई’ भन्दै उनको पक्षमा नाराबाजी गरेका छन् ।

उनीहरुले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका रावल विरुद्ध पनि नारा लगाएका छन् । पार्टी ‘फुटाउने मतियार होसियार’, ‘ओलीसँगको जोरी, त्यही तिम्रो कमजोरी’, ‘भीम रावल गद्दार हो’, ‘नक्कली राष्ट्रवाद, मूर्दावाद’ भन्ने नारा लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?