+
+

सीता राना मगर प्लेअफ अफ दि टुर्नामेन्ट

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १३ गते ८:१४

१३ मंसिर, काठमाडौं । नेपालकी सीता रानामगर आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटको उत्कृष्ट खेलाडी बनेकी छिन् ।

नेपाल ग्लोबल छनोटमा पुग्न असफल भए पनि अलराउण्ड प्रदर्शन गरेकी सीता ‘प्लेयर अफ द टुर्नामेन्ट’ घोषित भएकी हुन् ।

६ राष्ट्र सहभागी प्रतियोगिताको अन्तिम खेलमा घरेलु टोली यूएईलाई जित्नैपर्ने अवस्थामा रहेको नेपाल ४८ रनले पराजित भएको थियो । नेपालले तेस्रो स्थानमा रहँदै प्रतियोगिता सकाएको छ ।

सीताले प्रतियोगितामा नेपालको तर्फबाट पाँच खेलमा सर्वाधिक १०० रन बनाइन् भने बलिङमा ६ विकेट लिएकी थिइन् । उनी सर्वाधिक रन बनाउनेमा १०औं स्थानमा रहिन् ।

यस्तै बलिङतर्फ उनी सर्वाधिक विकेट लिनेमा पाँचौ स्थानमा रहिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?