+
+
WC Series
पोखरा एभेन्जर्स 2025
152/10 (20)
VS
Kathmandu Gorkhas won by 13 runs
Won काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

असंलग्न आन्दोलनको सान्दर्भिकता आज पनि यथावत : सभामुख सापकोटा

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १३ गते ८:३९

१३ मंसिर, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले विश्व शान्तिका लागि खतरा, घरेलु मामिलामा हस्तक्षेप, असमानता र अनुचित व्यवहारका घटनाका कारण असंलग्न आन्दोलनको सान्दर्भिकता आज पनि यथावत रहेको बताएका छन् ।

स्पेनमा भएको असंलग्न आन्दोलनको सञ्जाल (नाम) को बैठकलाई गएराति सम्बोधन गर्दै सभामुख सापकोटाले सो धारणा राखेका हुन् ।

सम्बोधनका क्रममा सभामुख सापकोटाले भने, ‘विश्वका विकासशील देशहरू निरन्तर रुपमा आर्थिक, सामाजिक र राजनीतिक क्षेत्रमा समानताको मैदानबाट बञ्चित छन् । यी चुनौतिहरू रहँदासम्म असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरूले शान्ति, न्याय र विकासका लागि आवाज उठाइरहने छन् । नतिजाका लागि हाम्रा संसदहरूले त्यसतर्फको राष्ट्रिय प्रयासहरूलाई सहयोग र प्रोत्साहन जारी राख्नेछन् ।’

सभामुख सापकोटाले संसदीय ऐक्यबद्धता र अनुभवको आदान प्रदानले असंलग्न आन्दोलनका सिद्धान्त र आदर्शलाई सुदृढ बनाउने विश्वास पनि व्यक्त गरे । ‘नेपालमा असंलग्नता हाम्रो परराष्ट्र नीतिको आधारभूत पक्ष हो । शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्त पञ्चशील, नेपालका अमर पुत्र बुद्धको शिक्षामा आधारित छन्,’ उनले भने, ‘नेपालको संघीय संसद लोकतान्त्रिक मूल्य र मान्यताको संरक्षक हो । जनताले आफ्नो अधिकारको रक्षा र विकासको उपभोगका लागि संसदमा आशा राखेका छन् । नेपालको संसद समझदारी र सहयोग अभिवृद्धि गर्न र हाम्रो समयका ज्वलन्त मुद्दाहरूलाई सम्बोधन गर्न प्रतिबद्ध छ ।’

सभामुख सापकोटाले आइतबार स्पेनको म्याड्रिडमा जारी अन्तर व्यवस्थापिका संघ आईपीपूको १४३ औं सभालाई सम्बोधन गर्दै शासनको सबैभन्दा मनपर्ने स्वरूपको रूपमा प्रचलित भए पनि लोकतन्त्र चुनौती रहित नरहेको तर्फ विश्व समुदायको ध्यानाकर्षण गराएका थिए ।

यही मंसिर आठ गते स्पेन गएका सभामुख सापकोटा नेतृत्वको प्रतिनिधि मण्डल मंसिर १६ गते स्वदेश फर्किने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?