+
+

एमालेमा श्रमिक कोटाबाट ६ केन्द्रीय सदस्य निर्विरोध

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १३ गते १२:२७
विनोद श्रेष्ठ

१३ मंसिर, चितवन । नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा श्रमिक कोटाबाट ६ जना केन्द्रीय सदस्य निर्विरोध चुनिएका छन् ।

जिफन्ट अध्यक्ष विनोद श्रेष्ठसहित रमेश बडाल, कमल गौतम, बाबुराम थापा, मञ्जु कुमारी थापामगर र सीता लामा सर्वसम्मत एमालेको केन्द्रीय सदस्य बनेका हुन् ।

उनीहरुसहित ३०१ जना केन्द्रीय सदस्यहरुको नामावली ओलीले आइतबार रातिको बन्दसत्रमा प्रस्ताव गरेका थिए । प्रस्तावमा कोही असन्तुष्ट भए निर्वाचनमा जान आग्रह गर्दै सोमबार बिहान मनोनयन दर्ताको समय दिइएको थियो । तर निर्धारित समय अवधिभित्र ट्रेड युनियनको कोटामा अन्यको उम्मेदवारी परेन ।

एमालेको वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा शंकर पोखरेल र उपमहासचिवत्रय प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाल पनि सर्वसम्मत भएका छन् । अध्यक्षसहित अन्य पदहरुमा भने निर्वाचनको तयारी भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?