+
+

८० वर्षीया महिला जसले दैनिक खान्छिन् आधा किलो बालुवा !

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १३ गते १६:३६

१३ मंसिर, काठमाडौं । दुनियाँमा कतिपय मानिसहरु आफ्नो अनौठो हर्कतका कारण चर्चामा आउँछन् । छिमेकी मुलुक भारतको उत्तर प्रदेशस्थित वाराणसीमा बस्ने एक वृद्धा आजकल आफ्नो लतका कारण चर्चामा छिन् ।

कुसुमावती देवी नामकी ती ८० वर्षीया वृद्धाले हरेक दिन झण्डै आधा किलोसम्म बालुवा खाने गरेकी छिन् ।

जिवनको उत्तरार्धमा पुगेकी उनले १८ वर्षको उमेरदेखि बालुवा खाँदै आएकी छिन् । यत्तिका वर्षसम्म निरन्तर बालुवा खाइरहँदा पनि उनको स्वास्थ्यमा कुनै नकारात्मक असर परेको छैन । तर डाक्टरहरु भने यसरी बालुवा सेवन गर्नु स्वास्थ्यका लागि हानिकारक भएको बताउँछन्।

कुसुमावती देवी हरेक दिन बिहानको नास्ता गर्छिन् र खाना खान्छिन् । तर त्यसपछि उनले बालुवा पनि खाने गर्छिन् ।

कुसुमावतीका अनुसार जब उनी १८ वर्षकी थिइन् तब एकदिन उपचारका लागि वैद्यकोमा गएकी थिइन् । वैद्यले उनलाई गुइँठाको खरानी खानका लागि भने । त्यसपछि उनले खरानी खान सुरु गरिन् । तर खरानी खाने कुसुमावतीलाई विस्तारै बालुवा खाने लत बस्न थाल्यो ।

कुसुमावती आफूले खाने बालुवा आफै खोजेर ल्याउँछिन् । त्यसपछि बालुवालाई सफा पानीले धोइपखाली गरेर सुकाउँछिन् र खान्छिन् ।

आफ्नो बालुवा खाने लतका अगाडि कुसुमावतीले सबैका कुरालाई नजरअन्दाज गर्दछिन् । बालुवा नखाएमा आफुलाई निद्रा नै नआउने उनको भनाई छ ।

स्मरण रहोस् कुसुमावतीले एक कुखुरा फार्म खोलेर आफ्नो गुजारा चलाइरहेकी छिन् । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?