+
+

आफ्नो एन्ड्रोइड फोनलाई सुरक्षित राख्न अपनाउनुहोस् यी उपाय

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १३ गते १८:४६

१३ मंसिर, काठमाडौं । यदि तपाई एन्ड्रोइड फोन प्रयोग गर्नुहुन्छ भने तपाईले धेरै कुरामा ध्यान दिनु पर्दछ । फोनमा के कुरा डाउनलोड गर्दै हुनुहुन्छ र कुन एप डाउनलोड गर्दा के कस्ता शर्तको पालना गर्नुपर्दछ अर्थात् अनुमति प्रदान गर्नु पर्दछ भन्ने कुरा थाहा पाउनु आवश्यक हुन्छ ।

मानिसहरुले प्रयोग गर्ने सबैभन्दा धेरै स्मार्टफोन अपरेटिङ सिस्टम भएका कारणले एन्ड्रोइडमा ह्याकर, स्कामर्स तथा विज्ञापनदाताहरुको पनि ध्यान आकृष्ट भएको हुन्छ । भाइरसका अलावा कतिपय एपहरु यस्ता पनि छन् जसले विज्ञापन देखाएर पैसा कमाइरहेका हुन्छन् ।

फोनसँगै आउने Bloatwares कतिपय अवस्थामा फोनको स्पेस तथा स्थायित्वको लागि समस्याको कारण बन्न सक्दछ । त्यसैले त्यस्ता एपलाई सम्भव भएसम्म हटाउनुहोस् । कतिपय एपले तपाईको फोनका डाटा समेत संकलन गर्न सक्दछन् र त्यसका लागि फोनमा विज्ञापन देखाउँदछन् ।

आफ्नो फोनको सेटिंग्समा गएर डाउनलोडेड एप्समा लगातार जाँच गरिरहनुहोस् । केही मालवेयर तथा स्पाइवेयर कुनै आइकन विना नै त्यहाँ रहन सक्दछन् । ती एपलाई तुरुन्तै डिलिट गर्नुहोस् । गुगल अकाउन्टको पासवर्डलाई लगातार अपडेट गर्नुहोस् । त्यसले गोपनीयता भंग भएपछि पनि तपाईको अकाउन्ट सुरक्षित हुन्छ ।

यदि तपाईले अपरिचित श्रोतबाट एप इन्स्टललाई अनुमति दिनुभएको छ भने त्यसलाई बन्द गर्नुहोस् । यसबाट फोनमा रहेका एपहरुले तपाईको जानकारी विना अन्य एप इन्स्टल गर्न सक्दैनन् । साथै एपलाई अन्य वेबसाइटबाट डाउनलोड नगर्नुहोस् र सदैव प्ले स्टोरबाटै डाउनलोड गर्नुहोस् ।

यदि तपाईले ब्एप् फाइलबाट एप इन्स्टल गर्नुहुन्छ भने त्यो तपाईको डिभाइसका लागि खतरनाक हुन सक्दछ । नयाँ फोन किनेसँगै गुगल फाइन्ड सर्भिसलाई अनिवार्य रुपमा अन गर्नुहोस् । यसले मोबाइल फोन हराएको अवस्थामा त्यसलाई फेला पार्न सहयोग गर्दछ । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?