+
+

सुदूूरपश्चिममा भुगोलतर्फ ६ जना केन्द्रीय सदस्य सर्वसम्मत

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १३ गते २०:०१

१३ मंसिर, धनगढी । नेकपा एमालेका सुदूरपश्चिमबाट भुुगोलतर्फका ६ जना केन्द्रीय सदस्य सर्वसम्मत चयन भएका छन् ।

एमाले सुदूरपश्चिमका सचिव राजेन्द्रसिंह रावल, प्रतिनिधिसभा सदस्य नारदमुुनि राना, भैरवबहादुर सिंह, संविधानसभा सदस्य अफिलाल ओखेडा सर्वसम्मत चयन भएका हुन् ।

यस्तै नेकपा एमाले बैतडीका प्रचारप्रसार विभाग प्रमुख तथा प्रदेशसभा सदस्य लिलाधर भट्ट र अछाम जिल्ला इन्चार्ज झपटबहादुर बोहरा पनि केन्द्रीय सदस्यमा सर्वसम्मत चयन भएका हुन् ।

प्रतिनिधिसभा सदस्य डा.दीपकप्रकाश भट्ट, कृष्णप्रसाद जैशी र सहदेव बोगटीले केन्द्रीय सदस्यमा दिएको उम्मेदवारी फिर्ता लिएपछि ६ जना सर्वसम्मत चयन भएको सुदूरपश्चिम प्रदेशसभा सदस्य लिलाधर भट्टले अनलाइनखबरलाई जानकारी दिए ।

केन्द्रीय सदस्यमा सर्वसम्मत भएका सुदूरपश्चिमका ६ जनाको नाम आइतबार राति अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?