+
+
Shares

चितवनका तीन स्थानीय तहका धानबालीमा डढुवा रोगको समस्या

कृषि विकास कार्यालय चितवनकी अधिकृत स्वस्तिका चौहानका अनुसार हाल दैनिक पाँचदेखि सात जना किसान डडुवा रोगको समस्या लिएर आउने गरेका छन् । धानको पातको फेदमा डडुवासँगै पोटासको कमी, गभारो र मिलिवग जस्ता समस्या पनि देखिएका छन् ।

रासस रासस
२०८२ भदौ १२ गते १९:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चितवनका भरतपुर महानगरपालिका, कालिका नगरपालिका र इच्छाकामना गाउँपालिकामा धानमा डढुवा रोग देखिएको छ।
  • कृषि विकास कार्यालय चितवनकी स्वस्तिका चौहानले डढुवा रोग नियन्त्रणका लागि नाइट्रोजन मल कम प्रयोग गर्न र भेलिडामाइसिन प्रयोग गर्न सुझाव दिनुभयो।
  • चितवनमा २७ हजार २०७ हेक्टरमा धान रोपिएको छ र रोग तथा कीराका कारण धान उत्पादनमा कमी आउने अनुमान गरिएको छ।

१२ भदौ, चितवन । चितवनका तीन वटा स्थानीय तहमा रोपिएका धानमा डढुवा रोगको समस्या देखिएको छ । भरतपुर महानगरपालिका, कालिका नगरपालिका र इच्छाकामना गाउँपालिकामा यो समस्या देखिएको हो।

कृषि विकास कार्यालय चितवनकी अधिकृत स्वस्तिका चौहानका अनुसार हाल दैनिक पाँचदेखि सातजना किसान डडुवा रोगको समस्या लिएर आउने गरेका छन् । धानको पातको फेदमा डडुवासँगै पोटासको कमी, गभारो र मिलिवग जस्ता समस्या पनि देखिएका छन् ।

उनका अनुसार डडुवाले पातको फेदमा अण्डाआकारको खैरो थोपाहरु भएपछि आकारमा वृद्धि हुँदै जान्छ र ढुसीको कालो गिर्खा देखापर्दछ । बोटको माथिल्लो भागमासमेत पुग्छ र सुकेर डढेको जस्तो देखिने यो रोगको लक्षण हो ।

नाइट्रोजन मल सिफारिस मात्रामा भन्दा बढी प्रयोग नगर्ने, उन्नत जातको धान रोप्दा बोटको दूरी बढाउने, भेलिडामाइसिन प्रयोग गरेर यसबाट बचाउन सकिने उनले बताए । योसँगै ढुसी नाशक विषादीको प्रयोग गर्दा यो रोग नियन्त्रण गर्न सकिने उनले बताए ।

पश्चिम चितवनको बीउ उत्पादन गर्ने क्षेत्रमा लगाइएका धानमा पोटासको कमि देखिएको छ । बीउ उत्पादन गर्ने १० हेक्टर क्षेत्रफलमा पोटासको कमीले पात पहेँलिने, टुप्पा सुक्ने लक्षण देखा परेको उनले जानकारी दिए । यसले गर्दा धानमा बाला नलाग्ने र उत्पादनमा कमी आउने गर्दछ ।

धानमा अहिले गभारोको समस्या उस्तै रहेको उनले बताए । वयस्क अवस्थामा विभिन्न आकार प्रकारका पुतलीहरु धानमा लाग्ने गर्दछ । जसको लाभ्रेहरु फिका पहेँला अथवा गुलाबी रङका अवस्थामा शरीरमा धर्का भएका हुन्छन् । यिनीहरु बिरुवाको डाँठभित्र रहन्छन् र बिरुवालाई प्रभाव पार्ने गर्दछन् ।

यसले बिरुवा कलिलो अवस्थामा आक्रमण गरेमा मृत गावा देखिन्छन् । बिरुवा फुल्ने अवस्थामा आक्रमण भएमा भुस मात्र भएको सेतो बाला देखिने उहाँले जानकारी दिनुभयो ।
त्यसैगरी धानमा मिलिवग नामक रोगको समेत संक्रमण देखिएको छ । यो समस्या खाद्यतत्वको कमीले देखिने गर्दछ । अघिल्लो बर्षको तुलनामा धेरै क्षेत्रफलमा यो समस्या देखिएको छ । समयमा पानी नपर्दा बुढो बेर्ना रोप्ने किसानहरुका खेतमा यो समस्या देखिएको हो । यसले सानै बोटमा पसाउने र गाँज हाल्न नसक्ने हुन्छ ।

यो समस्या समाधान गर्न खेतमा पानीको सतह बढाउने, खेतभित्र र वरिपरि रहेका घाँसपातहरु हटाउने, कीराको प्रकोप ज्यादा भएमा तत्काल नजिकको कृषि कार्यालयमा सम्पर्क गर्न उनले सुझाव दिए ।

जिल्लामा यस वर्ष २७ हजार २०७ हेक्टर क्षेत्रफलमा धान रोपिएको छ । रोग, किरा र बुढो बीउ रोप्नुपर्ने बाध्यताका कारण गत वर्षको तुलनामा यस वर्ष धान उत्पादनमा कमी आउने अनुमान गरिएको उनले बताए ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?