+
+

लुम्बिनी प्रादेशिक अस्पतालमा क्यान्सर स्क्रिनिङ सेन्टर स्थापना हुने

टोपराज शर्मा टोपराज शर्मा
२०७८ मंसिर १४ गते १३:३१

१४ मंसिर, बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालमा करिब १० करोड रुपैयाँ लागतमा क्यान्सर स्क्रिनिङ एण्ड डाइग्नोष्टिक सेन्टर स्थापना हुने भएको छ ।

रोटरीको ग्लोबल ग्रान्ट प्रोजेक्ट अन्तर्गत रोटरी क्लब अफ बुटवलले मेगा प्रोजेक्टका रुपमा क्यान्सर स्क्रिनिङ सेन्टर स्थापना गर्न लागेको हो ।

विशेष गरी महिलाको पाठेघर र स्तनको क्यान्सर रोग पत्ता लगाउने उद्देश्यले लुम्बिनी प्रदेशमै पहिलो पटक क्यान्सर स्क्रिनिङ सेन्टर स्थापनाका लागि अस्पतालसंग सम्झौता भई प्रक्रिया अघि बढेको क्लबले मंगलबार बुटवलमा पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।

‘यो करीब १० करोड रुपैयाँको मेगा प्रोजेक्ट हो, सुरुमा यसका लागि साढे २ करोड लगानी हुँदैछ’ क्लबका अध्यक्ष डा. ताराप्रसाद उपाध्यायले भने । क्लबले स्वास्थ्य र सामाजिक क्षेत्रलाई लक्षित गर्दै अन्य तीनवटा योजना पनि अगाडि बढाएको छ ।

क्लबले रक्तसञ्चार सेवा केन्द्र बुटवलसँगको सहकार्यमा रोटरी ब्लड कलेक्सन मोवाइल भ्यान पनि सञ्चालन प्रक्रिया पनि अघि बढाएको क्लबका सचिव खिमनारायण पराजुलीले बताए ।

करिव ६५ लाख रुपैयाँको लागतमा भारतबाट भ्यान खरिदको प्रक्रिया अन्तिम चरणमा पुगेको पराजुलीले बताए । मोवाइल भ्यान सञ्चालनमा आएपछि रक्तदान गर्न चाहने सर्वसाधारणले आफू बसेकै स्थानमा रक्तदान गर्न सक्ने र त्यही भ्यानभित्रै रगत सुरक्षित रुपमा संकलन गरेर निश्चित तापक्रममा राख्न सकिने व्यवस्था समेत भएको उनले बताए ।

क्लबले बुटवल उपमहानगरपालिकाभित्र ट्राफिक लाइट जडानको प्रक्रिया पनि शुरु गर्दै छ । करिव ४५ लाखको लागतमा बुटवल उपमहानगरपालिकासँग सहकार्य गरी यो काम अघि बढाइने र यसका लागि रोटरीले मात्रै १५ लाख रुपैयाँ लगानी गर्ने छ । क्लबले गरीव तथा विपन्न समुदायको वस्ती पहिचान गरी खानेपानी परियोजनाको काम पनि अगाडि बढाउने तयारी गरेको छ ।

सामाजिक उत्तरदायित्व अन्तर्गत क्लबले रोटरी सामाजिक सेवा पदक, छात्रवृत्ति वितरण लगायतका कार्यक्रम गर्न लागेको पत्रकार सम्मेलनमा जानकारी गराएको छ ।

क्लबले नरेन्द्रतेज दृष्टिविहीन विद्यार्थी अक्षयकोष, द्रव्यचन्द्र दृष्टिबिहीन अक्षयकोष, सपना अक्षयकोष, वृजनयन ट्रस्ट लगायतका अक्षयकोषबाट विभिन्न विद्यार्थीलाई पुरस्कृत गर्ने जनाएको छ ।

लेखकको बारेमा
टोपराज शर्मा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?