+
+

अर्जुनको अर्धशतकमा सुदूरपश्चिमको दोस्रो जित

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १४ गते १६:५३

१३ मंसिर, काठमाडौं । अर्जुन साउदले उत्कृष्ट प्रदर्शन गर्दै अर्धशतक बनाएपछि सुदूरपश्चिम प्रदेशले वाईवाई यू-१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा दोस्रो जित हात पारेको छ ।

कीर्तिपुरस्थित टीयू मैदानमा मंगलबार भएको खेलमा सुदूरपश्चिमले गण्डकी प्रदेशलाई ४ विकेले पराजित गरेको हो । दोस्रो जितपछि सुदूरपश्चिमले ४ खेलबाट ४ अंक जोडेको छ । पाँच खेल खेलेको गण्डकीको भने यो तेस्रो हार हो ।

अर्जुनले ६८ रन बनाएपछि सुदूरपश्चिमले २१० रनको लक्ष्य ४ बल बाँकी छँदा ६ विकेट गुमाएर पूरा गरेको हो । प्लेअर अफ दि म्याच उनले ७९ बल खेल्दै ६ चौका र २ छक्का प्रहार गरे ।

यस्तै राहुल भण्डारीले अविजित ४२ बल जोडे । कप्तान खड्ग बोहोराले ४० रन योगदान गरे । गण्डकीका लागि सुवास भण्डारीले ३ तथा सुदीप अर्यालले २ र अर्जुन कुमालले १ विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको गण्डकीले ४९ ओभरमा सबै विकेट गुमाएर २०९ रन बनाएको थियो । गण्डकीका लागि दीपक डुम्रेले सर्वाधिक ५६ र उत्सव श्रेष्ठले ४० रन बनाए ।

सुदुरपश्चिमका लागि कैलाश ऐरीले सर्वाधिक ३ विकेट लिए । आकाश चन्द र गजेन्द्र बोहोराले २–२ विकेट तथा नारायण जोशीले १ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?