+
+

एमाले अध्यक्ष ओलीले लिए शपथ

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १४ गते १९:११

१४ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

सौराहामा भएको दशौं महाधिवेशनले ओलीको नेतृत्वमा ३०१ सदस्यीय केन्द्रीय कमिटी चयन गरेको थियो ।

मंगलबार बिहान भएको मतदानको गणना सकिएपछि केन्द्रीय निर्वाचन आयोगका प्रमुख डा. विजय सुब्बाले उनलाई शपथ गराएका हुन् ।

आफूले शपथग्रहण गरे लगत्तै अध्यक्ष ओलीले नवनिर्वाचित केन्द्रीय सदस्यहरूलाई शपथग्रहण गराएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?