+
+

पहिलो बैठक नबस्दै ओलीले तोके केन्द्रीय समितिको दोस्रो बैठकको मिति

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १४ गते १९:५८

१४ मंसिर, चितवन । नेकपा एमालेको नव निर्वाचित केन्द्रीय कमिटीको दोस्रो बैठक मंसिर २५ र २५ गते बस्ने भएको छ । पहिलो बैठक भने मंगलबार नै बस्दैछ ।

चितवनको सौराहमा मंगलबार भएको निर्वाचनले केपी शर्मा ओलीको नेतृत्वमा ३०१ सदस्यीय कमिटी चयन गरेको थियो । नयाँ कमिटीका सदस्यहरुको शपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले पहिलो बैठक केहीबेरमा बस्ने बताए ।

दोस्रो बैठक भने २५ र २६ गते तोकिएको ओलीले बताए । यो बैठकले स्थायी कमिटी, पोलिटब्यूरो गठनका साथै पार्टीको कार्यक्रम समेत तय गर्ने उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?