+
+
Shares

कलंकीमा भ्यानको ठक्करबाट पैदलयात्री गम्भीर घाइते

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १५ गते १०:००

१५ मंसिर, काठमाडौं । काठमाडौंको कंलकीमा भ्यानको ठक्करबाट एक जना पैदलयात्री गम्भीर घाइते भएका छन् ।

मकवानपुरको बागमती गाउँपालिका-३ झुरझुरे घर भई ललितपुरको नख्खु बस्दै आएका ३३ वर्षीय जिम्बा लामा भ्यानको ठक्करबाट घाइते भएका हुन् ।

लामाको महांकालस्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । टाउको र खुट्टामा चोट लागेका लामाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

मंगलबार राति करिब साढे १० बजे नम्बर खुल्न नसकेको सेतो भ्यानले लामालाई ठक्कर दिएको थियो । शंकास्पद एउटा भ्यान र त्यसका चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाको अनुसन्धान गरिरहेको महानगरीय प्रहरी वृत्त कालीमाटीले जनाएको छ । अनुसन्धानका लागि सीसीटीभीको पनि सहायता लिइएको प्रहरीले जनाएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?