+
+

प्रिमियर लिगमा चेल्सी, सिटी र लिभरपुल विजयी

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १६ गते ८:११

१६ मंसिर, काठमाडौं । प्रिमियर लिगमा शीर्ष तीन स्थानमा रहेका चेल्सी, म्यानचेष्टर सिटी र लिभरपुल विजयी भएका छन् ।

बुधबार राति भएको खेलमा शीर्ष स्थानको चेल्सीले वाटफोर्डलाई २-१ ले हरायो । चेल्सीका लागि हाकिम जियाचले ७२औं मिनेटमा निर्णायक गोल गरेका थिए । त्यसअघि २९औं मिनेटमा मसन माउन्टले गोल गर्दै अग्रता दिलाएका थिए भने वाटफोर्डका डेनिसले ४३औं मिनेटमा बराबरी गोल फर्काएका थिए ।

जितपछि चेल्सी १४ खेलबाट ३३ अंक जोड्दै शीर्ष स्थानमै छ । वाटफोर्ड १४ खेलबाट १३ अंकसहित १७औं स्थानमा छ ।

यसैगरी दोस्रो स्थानको सिटीले एस्टन भिल्लालाई पनि २-१ ले नै पराजित गरेको छ । सिटीका लागि रुबेन डियाजले २७औं र बर्नार्डो शिल्भाले ४३औं मिनेटमा गोल गरेका थिए । ओली वाट्किन्सले दोस्रो हाफमा एस्टन भिल्लाका लागि एक गोल फर्काएपनि हार टार्न सकेनन् ।

सिटीले जितपछि १४ खेलबाट ३२ अंक जोडेको छ । एस्टन भिल्ला १४ खेलबाट १६ अंकसहित १३औं स्थानमा छ ।

यस्तै मोहम्मद सलाहको दुई गोलमा लिभरपुलले सर्सिसाइड डर्बीमा एभरटनलाई ४-१ ले पराजित गरेको छ । लिभरपुलका जोर्डन हेन्डरसन र डिएगो जोटाले पनि एक-एक गोल गरे । एभरटनका लागि डेमाराइ ग्रेले एक गोल फर्काए ।

जितपछि लिभरपुलले १४ खेलबाट ३१ अंक जोडेको छ । एभरटन १४ खेलबाट १५ अंकसहित १४औं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?