+
+

एनसीएचएलले कनेक्ट आईपीएसबाट हुने कारोबारको शुल्क घटायो

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १५ गते १३:४१

काठमाण्डौं । नेशनल पेमेन्ट स्वीच अन्तर्गत रिटेल पेमेन्ट स्वीचको कार्यान्वयनलाई थप सहज गर्न नेपाल क्लियरिङ हाउसले मंसिर ७ गतेबाट लागू हुने गरी कनेक्ट आईपीएस प्रणालीको कारोबार शुल्कमा परिवर्तन गरेको छ ।

नयाँ कारोबार शुल्क अनुरुप बैंक/वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायकहरुका ग्राहकले अब कारोबार रकम बमोजिम २ देखि ८ रुपैयाँसम्मको प्रति कारोबार शुल्कमा भुक्तानी गर्न सक्नेछन् ।

५ सय रुपैयाँसम्मको भुक्तानीमा प्रति कारोबार शुल्क २ रुपैयाँ, ५ सयभन्दा माथि ५ हजार रुपैयाँ सम्म प्रति कारोबार शुल्क ४ रुपैयाँ र ५ हजारभन्दा माथिको भुक्तानी रकममा कारोबार शुल्क ८ रुपैयाा लागू हुने भएको छ ।

यसले ग्राहकहरुलाई एनसीएचएलका कनेक्टआईपीएस वेब/मोबाइल एप, बैंकवित्तीय संस्थाका मोबाइल/इन्टरनेट बैंकिङ वालेटमा फण्ड लोड/विथ ड्र लगायतका विभिन्न भुक्तानी गर्न थप सहज हुने विश्वास गरिएको छ । कनेक्ट आईपीएसबाट सरकारी राजस्व भुक्तानीमा भने पहिले नै प्रति कारोबार शुल्क २ देखि ५ रुपैयाँ कायम रहेको छ ।

नेपाल राष्ट्र बैंकको मार्गनिर्देशन बमोजिम डिजिटल भुक्तानीको थप प्रवर्द्धनका निम्ती एनसीएचएलले समय–समयमा यथोचित रुपमा कारोबार शुल्क परिवर्तन गर्ने गरेको छ ।

हालै नेपाल राष्ट्र बैंकबाट बैंक/वित्तीय संस्थाको मोबाइल बैंकिङमा कारोबर शुल्क १० देखि अधिकतम ३० रुपैयाँसम्म तोकिएको थियो । चालु आर्थिक वर्षको पहिलो चार महिनामा नै कनेक्ट आईपिएसमा कारोबार संख्या तथा कारोबार रकमको आधारमा २२५ प्रतिशत वृद्धि भएको छ त्यसै गरी उक्त प्रणालीमा हाल दैनिक औसत कारोबार संख्या १ लाख १७ हजार १२ तथा रकमको आधारमा दैनिक औसत ८.३ अर्ब रेपैयाँ बराबरको रहेको छ । कारोबार शुल्कमा गरिएको यस परिवर्तनले वैकल्पिक च्यानलहरु मार्फत गरिने रियल टाइम भुक्तानीलाई थप टेवा पुग्ने छ ।

भुक्तानी पूर्वाधारहरु निर्माण गरी साझेदारीमा उपलब्ध गराउने एनसीएचएलको सिद्धान्त बमोजिम एनसीएचएलले विद्युतीय चेक क्लियरिङ (एनसीएचएल–ईसीसी), अन्तरबैंक विद्युतीय भुक्तानी (एनसीएचएल–आईपीएस), कनेक्ट आईपीएस ई–पेमेन्ट, कनेक्ट आरटीजीएस, नेशनल पेमेन्ट्स इन्टरफेस (एनपीआई) र कर्पोरेट पे लगायतका राष्ट्रिय भुक्तानी प्राणालीहरु सञ्चालन गरेर डिजिटल पेमेन्ट इकोसिस्टममा योगदान पुर्‍याउँदै आएको छ ।

हाल कार्यान्वयन हुन गइरहेको नेशनल पेमेन्ट स्वीच मार्फत विभिन्न भुक्तानी पूर्वाधार, सेवा, प्रणाली एवम् उपरकरण बीच अन्तरआबद्धता कायम गर्न आवश्यक समन्वयका निम्ति पनि एनसीएचएलले सदस्य बैंक/वित्तिय संस्था तथा भुक्तानी सेवा प्रदायकसँग सहकार्यता गर्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?