
काठमाडौं । चाडपर्वका अवसरमा यात्रा थप सुविधाजनक र किफायती बनाउने उद्देश्यले कनेक्ट आईपीएसले आकर्षक ‘शुभयात्रा अफर’ सार्वजनिक गरेको छ ।
यस योजना अन्तर्गत २२ भदौदेखि १८ असोजसम्म विभिन्न एयरलाइन्सका हवाई टिकट र बस सेवाको टिकट कनेक्ट आईपीएस मार्फत भुक्तानी गर्दा ग्राहकले क्यास ब्याक र छुटको विशेष सुविधा प्राप्त गर्न सक्नेछन् ।
यो विशेष क्यास ब्याक अफर बुद्ध एयर, श्री एयरलाइन्स, यती एयरलाइन्स र बस सेवा ट्राभल एन्ड टुरको टिकट भुक्तानीमा उपलब्ध गराइएको छ ।
कनेक्ट आईपीएस मार्फत बुद्ध एयरको हवाई टिकट खरिद गरी भुक्तानी गर्ने ग्राहकले १ सय १ रुपैयाँको क्यास ब्याक प्राप्त गर्नेछन् । साथै, पाँच भाग्यशाली जोडीले माउन्टेन फ्लाइट जित्ने अवसर प्राप्त गर्नेछन् ।
त्यसैगरी श्री एयरलाइन्सको हवाई टिकटको भुक्तानी कनेक्ट आईपीएस मार्फत गर्दा ५ सय १ रुपैयाँको क्यास ब्याकको व्यवस्था गरिएको छ ।
यती एयरलाइन्सका ग्राहकका लागि भने ‘वाईटीसीआईपीएस३००’ प्रोमो कोड प्रयोग गरी हवाई टिकट भुक्तानी गर्दा ३ सय रुपैयाँ तत्काल छुट उपलब्ध हुनेछ । यस अतिरिक्त १० भाग्यशाली जोडीले यती एयरलाइन्सको माउन्टेन फ्लाइट जित्ने मौका पाउनेछन् ।
बस सेवाबाट टिकट काटेर कनेक्ट आईपीएस मार्फत भुक्तानी गर्ने पहिलो १ हजार ग्राहकले ५१ रुपैयाँको क्यास ब्याक प्राप्त गर्न सक्नेछन् । यी सबै अफरमा एउटै बैंक खाताबाट एक पटक मात्र क्यास ब्याक प्राप्त गर्न सकिने सर्त राखिएको छ ।
कनेक्ट आईपीएस बैंकका ग्राहकका लागि कोष स्थानान्तरण लगायत विभिन्न भुक्तानी गर्ने एक प्रमुख र सरल डिजिटल माध्यम हो । कनेक्ट आईपीएसको सञ्जालमा ५२ वटा बैंक तथा वित्तीय संस्था आबद्ध छन् ।
प्रतिक्रिया 4