
१५ मंसिर, जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) को प्रदेश २ समितिका पदाधिकारीको नाम घोषणा भएको छ ।
पार्टीबाट महन्थ ठाकुरसहितका नेता अलग भएर लोकतान्त्रिक समाजवादी पार्टी गठन गरेपछि पहिलाको राजपा नेतालाई समेत समायोजन गर्दै पार्टीको प्रदेश समितिका पदाधिकारीको नाम घोषणा गरिएको छ ।
पार्टी अध्यक्ष उपेन्द्र यादवको उपस्थितिमा जनकपुरधाममा बुधबार घोषणा भएकाे समिति अध्यक्षमा बाराका रामबाबु यादव चयन भएका छन् । यादव बारा जिल्ला निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुन् ।
उपाध्यक्षमा रामपृत पासवान, शम्भु झा, शेषनारायण यादव, बृजमोहन तिवारी र रामसेवक यादवलाई राखिएको छ ।
समितिको मुख्य सचिवमा दिनेश यादव, सचिवमा युसुफ अलि, निरा साह र शैलेशकुमार साह तथा काेषाध्यक्षमा रेणु यादवलाई चयन गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4