+
+

सहाना प्रधान स्मृति महिला राष्ट्रिय हक्की प्रतियोगिता हेटौंडामा हुने

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १६ गते ८:०७

१६ मंसिर, काठमाडौं । नेपाल हक्की संघको आयोजनामा तथा जिल्ला हक्की संघ मकवानपुरको सह-आयोजनामा चौथो सहाना प्रधान स्मृति महिला राष्ट्रिय हक्की प्रतियोगिता हुने भएको छ ।

प्रतियोगिता आगामी पुस महिनाको १३ देखि १७ गते सम्म बागमती प्रदेशको राजधानी हेटौडामा हुने भएको छ ।

प्रतियोगितामा ६ प्रदेशका टोलीहरू सहित एक विभागीय टोली (नेपाल आर्मी) ले सहभागिता जनाउने भएका छन् । राष्ट्रिय खेलकुद परिषद्, प्रदेश खेलकुद परिषद् बागमती, हेटौडा उप–महानगरपालिका, जिल्ला समन्वय समिति मकवानपुर र बिभिन्न संघ संस्थाहरुको सहयोगमा प्रतियोगिता आयोजनामा हुने जिल्ला हक्की संघ मकवानपुरका अध्यक्ष प्रताप सिंहले जनाएका छन् । उनका अनुसार शनीवार संघको बैठक बसी प्रतियोगिताको तयारीको सुरुआत हुनेछ ।

स्वर्गीय सहाना प्रधानको स्मृति दिवसको अवसर पारेर नेपाल हक्की संघले विगत तीन वर्षदेखि महिला राष्ट्रिय प्रतियोगिता आयोजना गर्दै आएको छ ।

प्रतियोगिताको पहिलो संस्करण नेपाल आर्मीको महिला टोलीले जितेको थियो भने दोस्रो संस्करणको उपाधि लुम्बिनी प्रदेशले हात पारेको थियो । त्यस्तै गत माघ महिनामा सुदूरपश्चिम प्रदेशको महेन्द्र नगरमा भएको तेस्रो संस्करणको उपाधि वभागीय टोली नेपाल आर्मीले जितेको थियो ।

प्रतियोगिताको पहिलो संस्करण सफलतापूर्वक आयोजना गरेको मकवानपुरले पुनः प्रतियोगिता आयोजना गर्ने अवसर पाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?