
काठमाडौं । सामसुङ मोबाइल कम्पनीले सञ्चालन गरेको उपहार योजनाको चौथो लक्की ड्र घोषणा गरिएको छ ।
सामसुङको फेसबुक पेजमार्फत २१ जना विजेताको सिरियल नम्बर सार्वजनिक गरिएको कम्पनीले जनाएको छ । सामसुङले आफ्ना ग्राहकहरुलाई लक्षित गरी नोभेम्बर १ तारिखदेखि उपहार योजना सञ्चालन गरेको थियो । उपहार योजना अन्तर्गत प्रत्येक दिन ३ जना ग्राहकले ५ ग्राम सुनको सिक्का उपहार प्राप्त गर्ने सामसुङले जनाएको छ ।
मंसिर १४ गते घोषणा गरिएको लक्की ड्रमा नोभेम्बर २० तारिखदेखि २६ तारिखसम्म प्राप्त सिरियल नम्बरका ग्राहकहरुलाई समावेश गरिएको छ । विजेताहरु ७ दिनभित्रमा आवश्यक कागजात सहित आफ्नो उपहार दावी गर्न कम्पनीले अनुरोध गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4