+
+
Shares

पूर्वमन्त्री महादेवको प्रश्न- प्रदेश सभापति लड्न ९१ हजार कहाँबाट ल्याउने ?

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १६ गते १६:४२

१६ मंसिर, पोखरा । संघीयतापछि पहिलो पटक भइरहेको नेपाली कांग्रेस प्रदेश अधिवेशन उद्घाटनकै क्रममा गण्डकीमा कतै नाराबाजी त कतै कांग्रेस अब गरिबको पार्टी नरहनेको भन्दै विरोध भएको छ । पोखरा नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा शुरु अधिवेशनको उद्घाटनमा संस्थापन समूहका प्रदेश सभापतिका उम्मेदवार अर्जुन जोशीलाई मात्र बोल्न दिइएको भन्दै संस्थापन इतरका नेताहरुले नाराबाजी गरे ।

नेताहरुले माइक खोसेरै आफ्नो भनाइ राखेका छन् । संस्थापन इतरका सभापतिका ५ उम्मेदवारमध्ये तनहुँका रघुनाथ पौडेल र नवलपुरका महेन्द्रध्वज जीसीबाहेक यज्ञबहादुर थापा, देवराज चालिसे र शुक्रराज शर्माले आफ्नो भनाइ राख्दै कांग्रेसले वीपीको बाटो बिर्सिएको भन्दै चिन्ता व्यक्त गरे ।

नाराबाजीलगत्तै कांग्रेस नेता तथा पूर्वराज्यमन्त्री महादेव गुरुङले उम्मेदवारीको शुल्क महँगो राखिएको भन्दै नेताहरुको विरोध गरे ।

विधानले गरेको व्यवस्था विपरीत गण्डकी प्रदेशमा पदाधिकारी तथा सदस्यको शुल्क निर्धारण गरिएको छ । सभापतिका लागि ९१ हजार, उपसभापतिका लागि ६१ हजार, महामन्त्रीका लागि ५१ हजार, सहमहामन्त्रीका लागि ४१ हजार र सदस्यका लागि ३१ हजार शुल्क निर्धारण गरिएको छ ।

गण्डकी प्रदेशमा अधिवेशन गराउने संयोजक संस्थापन पक्षका कांग्रेस नेता गोपालमान श्रेष्ठलाई जिम्मा तोकिएको छ भने कार्यक्रमको प्रमुख अतिथिका रुपमा वरिष्ठ नेता रामचन्द्र पौडेल छन् । दुवै नेतालाई इंगित गर्दै पूर्वमन्त्री गुरुङले एउटा गरिबको छोराले पनि लड्न व्यवस्था गर्न माग गरे ।

‘एक जना गरिबको छोराले सभापतिको उम्मेदवार बन्ने आकांक्षा राख्यो भने ९१ हजार कहाँबाट ल्याउने ? उसले सभापति हुने इच्छा राख्न पाइने कि नपाइने ?,’ गुरुङले प्रश्न गरे, ‘कांग्रेस अब गरिबको पार्टी कहाँबाट भयो ? समाजवादी पार्टी कहाँबाट भयो ?’

कांग्रेसलाई गरिब र समाजवादी पार्टी बनाउने कि नबनाउने भन्ने गुरुङको प्रश्न थियो । ‘म प्रश्न गर्न चाहान्छु तपाईंहरुलाई, कांग्रेस पार्टीलाई वीपी कोइरालाको पार्टी बनाउने कि नबनाउने ?,’ गुरुङको प्रश्न थियो, ‘वीपी कोइरालाको पार्टी बनाउन चाहानुहुन्छ भने गरिबभन्दा पनि गरिबले भोलि सभापतिमा लड्न सक्ने व्यवस्था गर्नुपर्‍यो । महामन्त्री र सदस्यमा लड्न सक्ने हुनुपर्‍यो ।’

उम्मेदवारी शुल्कबारे निर्णय गर्न उनले प्रतिनिधिहरुलाई अनुरोध गरे । उम्मेदवारी दिन निर्धारण गरिएको शुल्क आफूलाई स्वीकार्य नभएको गुरुङको भनाइ थियो ।

हेर्नुहोस् उम्मेदवारी दस्तुरः

‘तपाईंहरु जति पनि यहाँ हुनुहुन्छ, तपाईंहरुले निर्णय गर्नुस्, मञ्चमा बस्ने सबै नेताहरुले मान्नुपर्छ,’ गुरुङले भने, ‘मलाई भन्नुहुन्छ भने म ९१ हजार स्वीकार्न सक्दिन । ६१ हजार, ५१ हजार, ४१ वा ३१ हजार स्वीकार्न सकिँदैन । समाजवादी र वीपी कोइरालाको अनुवाइले सहन सक्दैनन् ।’

नेपाली कांग्रेसको विधानले प्रदेश सभापतिको उम्मेदवारी बन्न १५ हजार रुपैयाँ निर्धारण गरेको छ । उपसभापति, महामन्त्री र सहमहामन्त्रीका उम्मेदवारका लागि समान ११ हजार र सदस्यका लागि ५ हजार तोकिएको छ । तर, धेरै गुणा महँगो शुल्क राखेर कांग्रेसलाई व्यापारीको पार्टी बनाउन खोजिएको प्रतिनिधिहरुले समेत आरोप लगाएका छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?