+
+

कांग्रेसको प्रदेश १ को अधिवेशन एक दिन पछि सर्‍यो

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १६ गते १७:१९

१६ मंसिर, विराटनगर । नेपाली काङ्ग्रेसको प्रदेश १ को अधिवेशनको उद्घाटनसत्र एक दिन पछि सारिएको छ ।

नेताहरू उम्मेदवार टुङ्ग्याउने विषयको छलफलमा जुटेपछि बिहीबार दिउँसो २ गर्ने भनिएको उदघाटन सत्र शुक्रबार बिहानसम्मका लागि स्थगित गरिएको हो ।

उदघटान सत्रमा सहभागी हुन प्रतिनिधिहरू कार्यक्रम स्थलमा आएको करिब साढे २ घण्टापछि काङ्ग्रेस नेता कृष्णाप्रसाद सिटौलाले शुक्रबार बिहान सम्मका लागि उदघाटन कार्यक्रम स्थगित भएको जानकारी दिए ।

उम्मेदवार छनोटका लागि संस्थापन पक्ष र संस्थापनइतर पक्ष छुट्टाछुट्टै स्थानमा बैठक बसिरहेका छन् । नेताहरू छलफलमा व्यस्त भएको र उम्मेदवारको टुङ्गो नलागेका कारण उदघाटन सत्र एक दिन सारेपछि प्रतिनिधिहरू फर्किएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?