+
+

आफूले अभिनय गरेको फिल्म हेर्दिनन् स्वस्तिमा

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १७ गते ११:२७
फाइल तस्वीर

१७ मंसिर, काठमाडौं । नायिका स्वस्तिमा खड्काले आफू अभिनित चलचित्र नहेर्ने गरेको बताएकी छन् । स्वस्तिमाले भनिन्, ‘मैले नाइँ नभन्नु ल ५ पछि आफू अभिनित चलचित्र नै हेरेको छैन ।

‘बुलबुल’ चलचित्र नेपालमा आधा मात्र हेरेकी स्वस्तिमाले अन्तर्राष्ट्रिय महोत्सवमा पुगेकाले पूरा हेर्नु परेको बताइन् । यो बाहेक अन्य चलचित्र भने आफूले नहेरेको स्वस्तिमा बताउँछिन् ।

आफू अभिनित चलचित्र हेरेपछि धेरै गल्ती देखिने र २–३ दिन त्यही सोचमा डुब्ने गरेको स्वस्तिमा बताउँछिन् । ‘फिल्म हेर्दा कति गल्ती देखिन्छ । हेरिसकेपछि म केही दिनसम्म सोही गहिराइमा जान्छु,’ उनले भनिन्, ‘बरु हेर्दै नहेरेपछि आनन्द हुन्छ । जति काम गरियो गरियो, हेरेर तनाव लिनु भन्दा बरु नहेर्दै आनन्द हुन्छ ।’

चलचित्रको स्क्रिप्टदेखि नै विषयवस्तु पूरै थाहा हुने भएकाले चलचित्र हेर्दा आफैं ‘कन्फ्युज’ हुने स्वस्तिमा बताउँछिन् । सबै कुरा आफूलाई थाहा हुने भएकाले पनि चलचित्रले देखाउन खोजेको कुरा आफूले नदेख्ने उनले बताइन् ।

स्वस्तिमा अभिनित चलचित्र ‘चपली हाइट ३’ पुस २ गतेबाट प्रदर्शन हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?