+
+

फ्राइडे रिलिज : ‘तडप’लाई उच्च शो, ‘ओभरडोज’ले पाएन हल

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १७ गते ११:४२

१७ मंसिर, काठमाडौं । शुक्रबारबाट नेपाली चलचित्र ‘ओभरडोज’सहित एक हिन्दी र एक अंग्रेजी चलचित्र रिलिज भएका छन् । हिन्दी चलचित्र ‘तडप’लाई उच्च शो दिँदा ओभरडोजले पनि अधिकांश मल्टिप्लेक्समा शो नै पाएको छैन ।

चलचित्रको पोष्टर शहरका भित्तामा निक्कै टाँसिएको भएपनि हलमा भने धेरै शो पाएको छैन । क्यूएफएक्स चेन, बिग मुभिज जस्ता हलले यो चलचित्रलाई शो नै उपलब्ध गराएका छैनन् ।

अमेरिकामा बस्ने दुई नेपाली युवाको कथा समेटिएको यो चलचित्रलाई सुमन पौडेलको कथा तथा  निर्देशनमा तयार पारिएको हो । यो चलचित्रले ड्रग्स र अपराधको कथा भन्छ । चलचित्रमा प्रनिशराज पन्त, सविनजंग थापा, वीना श्रेष्ठ, सदीक्षा कार्की लगायतका कलाकारको अभिनय छ । जीवनकुमार केसी यो चलचित्रका निर्माता हुन् ।

यस्तै शुक्रबारबाटै प्रदर्शनमा आएको बलिउड चलचित्र ‘तडप’म अहान सेट्टी र तारा सुतरियाको मुख्य भूमिका छ । रोमान्स र बदलाको यो चलचित्रलाई दर्शकले प्रतीक्षा गरेका छन् ।

शुक्रबारबाटै अंग्रेजी थ्रीडी चलचित्र ‘इनकान्टो’ पनि रिलिज भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?