+
+

ओमिक्रोनबाट पुन: संक्रमित हुने सम्भावना डेल्टाको भन्दा ३ गुणा बढी

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १७ गते १३:०२

१७ मंसिर, काठमाडौं । दक्षिण अफ्रिकाका वैज्ञानिकले गरेको प्रारम्भिक अध्ययनले डेल्टा वा बिटा भेरियन्टको तुलनामा ओमिक्रोनबाट पुन: संक्रमित हुने सम्भावना झण्डै तीन गुणा रहेको देखाएको छ ।

अध्ययनअनुसार यसअघिका ३ वटा कोभिड लहरमा संक्रमित भएका मानिसहरू पछिल्लो समय पुन: संक्रमित भएका छन् । नयाँ संक्रमितमध्ये अधिकांशलाई यसअघि डेल्टा भेरियन्टले संक्रमण गरेको थियो ।

दक्षिण अफ्रिकामा संकलित तथ्याङ्कका आधारमा गरिएको अध्ययनको निष्कर्षले ओमिक्रोनसँग यसअघिको संक्रमणपछि प्राप्त रोग प्रतिरोधी क्षमता छल्न सक्ने क्षमता रहेको देखाउँछ ।

‘यसअघिका तीन वटा लहरमा पहिलो पटक संक्रमण पुष्टि भएका र त्यसमा पनि डेल्टाका कारण सुरु भएको लहरमा संक्रमित भएका मानिसमा हालै पुन: संक्रमण देखिएको छ’ दक्षिण अफ्रिकाको सेन्टर फर एक्सेलेन्स इन इपिडिमियोलोजिकल मोडेलिङ एण्ड एलालिसिसकी निर्देशक जुलियट पुलियामले ट्विट गर्दै भनिन् ।

पुन: संक्रमित भएका मानिसले खोप लगाएको वा नलगाएकोबारे जानकारी नभएका कारण खोपबाट प्राप्त हुने रोग प्रतिरोधी क्षमतालाई ओमिक्रोनले छल्ने सक्ने वा नसक्ने भनेर निष्कर्ष निकाल्न नसकिएको पनि पुलियमको भनाइ थियो । अनुसन्धानकर्ताले यससम्बन्धी अध्ययन गर्ने तयारी गरेका छन् ।

ओमिक्रोन संक्रमणसँग जोडिएको स्वास्थ्य जोखिम र यसअघि संक्रमित भएका मानिसबारे तत्काल तथ्याङ्क चाहिएको पनि उनले बताइन् ।

ओमिक्रोन भेरियन्टसम्बन्धी प्रारम्भिक अध्ययनको स्वतन्त्र विश्लेषण हुन भने बाँकी छ ।

साउथह्याम्टन विश्वविद्यालयका वैज्ञानिक माइकल हेडले दक्षिण अफ्रिकी वैज्ञानिकको अनुसन्धानलाई ‘उच्च गुणस्तर’को भन्दै प्रशंसा गरेका छन् ।

‘यसअघिको संक्रमणबाट प्राप्त रोग प्रतिरोधी क्षमतालाई सजिलै छल्न सक्ने यो विश्लेषण निकै चिन्ताजनक छ’, हेडले एक विज्ञप्तिमार्फत् भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?