+
+

राप्रपाको नयाँ नेतृत्वमा उम्मेदवारी दर्ता

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १७ गते १३:३०

१७ मंसिर, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा कमल थापा र राजेन्द्र लिङ्देनले उम्मेदवारी दर्ता गराएका छन् । शुक्रबार उनीहरुले भृकुटीमण्डपस्थित निर्वाचन कार्यालयमा पुगेर अध्यक्षमा मनोनयन दर्ता गराएका हुन् ।

राप्रपाको एकता महाधिवेशनबाट अध्यक्षमा थापा र लिङ्देनले प्यानलसहित उम्मेदवारी दिएका छन् । थापाको प्यानलबाट उपाध्यक्षमा विक्रम पाण्डे, वुद्धिमान तामाङ, ध्रुवबहादुर प्रधान र रोशन कार्कीले उम्मेदवारी दिएका छन् । त्यस्तै महामन्त्रीमा भास्कर भद्रा, भुवन पाठक र कुन्तिकुमारी शाहीले उम्मेदवारी दिएका छन् ।

त्यस्तै लिङ्देन पक्षबाट उपाध्यक्षमा विक्रम पाण्डे, दिलविकास राजभण्डारी, रामचन्द्र राय र लीला श्रेष्ठले उम्मेदवारी दिएका छन् । लिङ्देन पक्षबाट महामन्त्रीमा डा. धवलशम्शेर राणा, श्याम तिमिल्सिना, रेखा थापाले उम्मेदवारी दिएका छन् ।

१९९ सदस्यीय केन्द्रीय समितिका १४९ जना राप्रपाले निर्वाचनबाट चयन गर्नेछ । जसमा अध्यक्षसहित ८ जना पदाधिकारी र १४१ केन्द्रीय सदस्य निर्वाचित हुनेछन् । मंसिर १५ गते सुरु भएको अधिवेशनमा शनिबार मतदान हुने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?