
१७ मंसिर, विराटनगर । नेपाली कांग्रेसको प्रदेश १ सभापतिका लागि संस्थापन पक्ष र संस्थापन इतर पक्षले प्यानलसहित उम्मेदवारी दर्ता गराएको छ ।
संस्थापन पक्षलाई नेता कृष्णप्रसाद सिटौलाले सहयोग गरेका छन् । शनिबार हुने निर्वाचनका लागि शुक्रबार सभापतिमा संस्थापन इतर समूहबाट गुरु घिमिरे र संस्थापन पक्षबाट उद्धव थापाले उम्मेदवारी दिएका छन् ।
निर्वाचन समितिका अनुसार २ उपसभापतिका लागि गोविन्द ढुंगाना, टंक राई, रमेशजंग रायमाझी र विश्वनाथ रिजालले उम्मेदवारी दिएका छन् ।
२ महामन्त्रीका लागि संस्थापनइतर पक्षबाट दिपेन श्रेष्ठ र उमेश थापा तथा संस्थापन पक्षबाट पद्मसुन्दर पालुङ्वा र भुपेन्द्र राईले उम्मेदवारी दिएका छन् ।
३ सहमहामन्त्रीका लागि प्रमिला गच्छदार, मानबहादुर लिम्बु, विनोदकुमार बस्नेत, खड्गबहादुर फागो, रोहितकुमार साह, इन्दिरा थापा, सुभाषचन्द्र राई, सीता कार्की, वीरकाजी राईले उम्मेदवारी दिएका छन् ।
प्रदेश समितिको नयाँ नेतृत्व चयनका लागि १ हजार ७ सय ७० जनाले मतदान गर्नेछन् । मतदान शनिबार विहान हुनेछ ।
प्रतिक्रिया 4