+
+

राङनिक ६ महिनापछि पनि युनाइटेडको प्रशिक्षक रहने !

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १७ गते २०:१६

१७ मंसिर, काठमाडौं । म्यानचेष्टर युनाइटेडका अन्तरिम प्रशिक्षक राल्फ राङनिकले ६ महिनापछि पनि इंग्लिस क्लबमै बस्न सक्ने संकेत गरेका छन् ।

ओले गनर सोल्सयर बर्खास्तीमा परेपछि राङनिक यस सिजनको अन्त्यसम्मका लागि अन्तरिम प्रशिक्षक नियुक्त भएका छन् ।

उनले ६ महिना पनि क्लबमै रहन सक्ने सम्भावनालाई नकारेनन् । ‘यदि सबै कुरा ठीक छ भने म पनि त्यही सिफारिस गर्न सक्छु जुन मैले आरबी लाइपजिगमा दुई पटक गरें – मसँग एक वर्ष काम गरिरहनु राम्रो विचार हुन सक्छ – तर यो सबै काल्पनिक हो,’ ६२ वर्षीय जर्मनले भने ।

राङनिङ बिहीबार युनाइटेडले आर्सनललाई ३-२ ले पराजित गर्दा खेल हेर्न ओल्ड ट्राफोर्डमा थिए । उनको प्रशिक्षणमा युनाइटेडले पहिलो खेल आइतबार क्रिस्टल प्यालेससंग खेल्नेछ ।

राङनिकले ६ महिनाको कार्यकाल बारे स्पष्टसंग कुरा गरेको तर त्यसपछि के हुन्छ भन्ने बारे कुरा अहिले नगरेको बताए ।

‘अहिले, म पूर्ण रूपमा सचेत छु कि उनीहरूले नयाँ म्यानेजर खोजिरहेका छन् । यदि तिनीहरूले मसँग यस बारे कुरा गरे, हामी हेर्नेछौँ । मेरो लागि, अब यो अर्को खेल जित्ने बारे हो र यो प्रमुख फोकस हो ।’

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?