+
+

सञ्चालनमा नआउँदै गुल्मी अस्पतालको अक्सिजन प्लान्टमा लाग्न थाल्यो खिया

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १८ गते २०:१५

१८ मंसिर, गुल्मी । गुल्मी अस्पतालको अक्सिजन प्लान्ट सञ्चालनमा नआउँदै खिया लाग्न थालेको छ । तम्घासस्थित गुल्मी अस्पतालमा जडानका लागि ल्याइएको अक्सिजन प्लान्टका विभिन्न सामग्रीहरुमा खिया लाग्न थालेका हुन् ।

कोरोना महामारीको जोखिमलाई मध्यनजर गरी अस्पतालमै अक्सिजन उत्पादन गर्ने उदेश्यका साथ प्लान्ट निर्माणको कार्य अघि बढाइएको थियो । वर्षातको पानीले भिज्न पुग्दा अक्सिजन प्लान्ट जडानका लागि ल्याइएको सामग्रीमा खिया लागेको छ ।

अक्सिजन प्लान्ट राख्ने भवन गत भदौमा सम्पन्न हुनपर्नेमा अझैसम्म सम्पन्न हुन नसकेको अस्पताल विकास समितिका अध्यक्ष गोपालप्रसाद पाण्डेले बताए । गुल्मी उद्योग वाणिज्य संघले आफ्नै लगानीमा अक्सिजन प्लान्ट राख्ने भवन बनाउने जिम्मा लिएको थियो । तर समयमै काम नसक्दा प्लान्टका मेसिनहरुमा खिया लाग्न थालेको पाण्डेले बताए । अक्सिजन प्लान्ट सञ्चालन गर्न गत असारमै सामग्रीहरु आएको उनले बताए । खिया लागेका कारण मेसिनले काम नगर्ने हो कि भन्ने चिन्ता बढाएको अध्यक्ष पाण्डेको भनाइ छ ।

गुल्मी उद्योग वाणिज्य संघका महासचिव ताराप्रसाद भुसालले भने भवन निर्माणको काम महासंघले छिटो सक्ने बताए । उनले अब बाँकीरहेको काम अस्पताल विकास समितिले गर्नुपर्नेमा जोड दिए ।

करिब डेढ करोडको लागतमा अस्पतालमा प्रतिदिन एक सय सिलिन्डर अक्सिजन उत्पादन क्षमताको प्लान्ट स्थापना गर्न लागिएको हो । प्लान्ट निर्माणको लागि नेपाल सरकारबाट एक करोड र नेपाल पत्रकार महासंघको नेतृत्वमा जिल्लास्थित सामाजिक संघ संस्था व्यक्तिहरुको सहयोगमा ६० लाख संकलन गरिएको थियो ।

प्लान्ट निर्माण गर्न नागरिक स्तरमा गत वैशाखको अन्तिम महिनामा गुल्मी जिल्लामा अभियान चलाएर रकम संकलन गरिएको थियो ।

अक्सिजन प्लान्ट जडानका लागि आएका सामग्री सुरक्षित तरिकाले राख्न नसक्नु दुःखद् पक्ष रहेको नागरिक समाज गुल्मीका अध्यक्ष पदमप्रसाद पाण्डेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?