+
+

गुगलले ल्याउँदैछ पिक्सेल स्मार्टवाच

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १९ गते ११:२५

काठमाडौं । गुगल कम्पनीले आगामी वर्ष सन् २०२२ मा बजारमा ल्याउने गरी आफ्नै पिक्सेल स्मार्टवाचको निर्माण गरिरहेको छ ।

पिक्सेल ब्रान्डबाट वर्षौंदेखि आफ्नै स्मार्टफोन बनाइरहेको गुगलले पिक्सेल स्मार्टवाच पनि बजारमा ल्याउने भएको हो ।

गुगलले हालसम्म स्मार्ट घडी नबनाएको भए पनि सन् २०१४ देखि नै स्मार्ट घडीका लागि उसको एन्ड्रोइड प्लाटफर्म रहेको छ । त्यस्तै गुगलले यही वर्षमात्रै स्मार्टवाच निर्माता कम्पनी फिटबिट खरीद गरेको थियो । गुगलको सबैभन्दा पछिल्लो स्मार्टवाच प्लाटफर्म चाहिँ Wear अपरेटिङ सिस्टम थ्री हो ।

सामसुङसँगको सहकार्यमा गुगलले यो स्मार्टवाच अपरेटिङ सिस्टम तयार गरेको हो । सामसुङको ग्यालेक्सी वाच फोरमा यो अपरेटिङ सिस्टम राखिएको छ ।

गुगलले बनाइरहेको आफ्नो स्मार्टवाचलाई रोहन (Rohan) कोडनाम दिइएको छ । गुगलको पिक्सेल हार्डवेयर ग्रुपले उक्त स्मार्टवाचमा काम गरिरहेको छ । गुगलको यो युनिट फिटबिट युनिटभन्दा फरक हो जुन यही वर्ष गुगलले २ अर्ब १० करोड डलरमा खरीद गरेको थियो ।

गुगलको पिक्सेल स्मार्टवाच फिटबिटको स्मार्टवाच भन्दा महँगो हुने र प्रत्यक्ष रुपमा एप्पल वाचसँग प्रतिस्पर्धा गर्ने बताइएको छ ।

पिक्सेल स्मार्टवाचमा स्टेप काउन्ट, हार्ट रेट मोनिटर लगायतका फिटनेट ट्रयाकिङ फिचर हुनेछ ।

यसैबीच गुगलले फिटबिटलाई पनि आफ्नो Wear अपरेटिङ सिस्टमभित्र ल्याउने गरी नयाँ फिटबिट स्मार्टवाच लञ्च गर्ने योजना पनि बनाएको छ ।

–एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?