+
+

कांग्रेस प्रदेश १ को अधिवेशन : मतगणना शुरु

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १९ गते १३:५६

१९ मंसिर, विराटनगर । नेपाली कांग्रेस प्रदेश १ को नयाँ नेतृत्व चयनका लागि शनिबार भएको निर्वाचनको  मतगणना शुरु भएको छ । आइतबार दिउँसो १ बजेबाट मतगणना शुरु भएको निर्वाचन समितिका अधिकृत भरतबहादुर थापाले जानकारी दिए ।

नेतृत्व छनोटका लागि शनिबार मतदान भएको थियो ।  प्रदेश १ अधिवेशनमा कांग्रेसको संस्थापनइतर पक्षबाट गुरुराज घिमिरे र संस्थापन पक्षबाट उद्धव थापाले प्यानलसहित चुनावी मैदानमा छन् ।

आइतबार बिहान ८ बजेबाट मतगणना गर्ने भनिएपनि ढिलोमात्रै शुरु भएको उनले बताए  । शनिबार मतदान पनि ढिलो शुरु भएको थियो । विहान ८ बजेबाट मतदान शुरु गर्ने भनिए पनि विवादका कारण साढे ६ घण्टा ढिलो गरी शनिबार दिउँसो २: ३० बजेबाट मतदान शुरु गरिएको थियो । मतदानमा एक हजार ७५३ प्रतिनिधि सहभागि भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?